बेलायतका लागि युक्रेनी राजदूत भन्छन् – अमेरिकाले विश्व व्यवस्थालाई ‘नष्ट’ गरिरहेको छ

SHARE:

लन्डन ६ मार्च २०२५ । संयुक्त राज्य अमेरिकाले युक्रेनमा रुसले गरेको आक्रमणमाथि आफ्नो धारणा बदल्दै स्थापित विश्व व्यवस्थालाई ‘नष्ट’ गरिरहेको बेलायतका लागि युक्रेनका राजदूतले बिहीबार बताएका छन् ।

युक्रेनको सेना प्रमुख भएको तीन वर्षपछि सन् २०२४ मा राजदूत बन्नुभएका भ्यालेरी जलुज्नीले अमेरिकाले अब रुसलाई ‘बीच बाटो’ भेट्ने प्रयास गरिरहेको र मस्कोको अर्को लक्ष्य ‘युरोप’ हुनसक्ने बताए । यो बेला युरोपेली सङ्घ (इयु) का नेताहरूले ब्रसेल्समा किएभ र यसका सहयोगीहरूबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फड्को सामना गर्ने विषयमा सङ्कट वार्ता सुरु गरेका थिए ।

गत हप्ता ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझा गर्न स्थगित गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।

मस्कोसँग ट्रम्पको पुनर्मिलनले सहयोगीहरूलाई स्तब्ध पारेको छ र उनले मस्कोलाई धेरै अनुकूल हुने शान्ति सम्झौता स्वीकार गर्न किएभलाई बाध्य पार्ने प्रयास गर्दै छन् भन्ने चिन्ता युक्रेन र युरोपमा बढ्दै गएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!