एनआरएनएका संस्थापक र पूर्वअध्यक्षहरुबीच आज ‘बृहत् एकता’ संवाद

SHARE:

लन्डन ११ मार्च २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्वअध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ ।

थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए । उनका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा लामिछाने, डा शेष घले,भवन भट्ट, कुमारप्रसाद पन्तलाई आमन्त्रण गरिएको छ ।

यस्तै पूर्वउपाध्यक्ष एवं प्रमुख संरक्षक रामप्रताप थापा,संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदाससहित संस्थापक सदस्य,अभियन्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी, वर्तमान तथा पूर्वसंरक्षक तथा सल्लाहकार, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी तथा सम्पूर्ण पंजीकृत सदस्यहरूमा अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ ।

कार्यक्रम जुम भर्चुअलमार्फत हुने छ । नेपालको समय बेलुका ५ बजे तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!