एनआरएनए उच्चस्तरीय समितिले गठन ग-यो निर्वाचन समिति

SHARE:

काठमाडौँ –

सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु भएको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनु भएको छ।

नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसियशनका पूर्व अध्यक्ष हुनुहुन्छ भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका  अवकाश प्राप्त मेजर डमर घले  एनआरएनए युकेका पूर्व अध्यक्ष हुनुहुन्छ ।बेलायतमा बसोबास गर्ने उहाँले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय  संचालन गरिरहनु भएको छ । त्यस्तै अधिवक्ता आशिष उप्रेती  युवा  कानून व्यवसायी हुनुहुन्छ।

“लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरुप परराष्ट्र मन्त्रालयसंग  समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको  हो।

संस्थाको  लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकार सम्पन्न गर्ने गरी  निस्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरुलाई आग्रह गर्दछौं,” उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भन्नु भयो।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र  https://nrnahlc.com/membership-registration/

मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन  वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ।

  समितिले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले काठमाडौँमा उपस्थित भएर

तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!