लन्डन १८ मार्च २०२५ । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले आउँदो शनिबार पनि यूकेसहितका मनोक्रान्तिप्रेमीलाई पनि प्रशिक्षण दिने भएको छ ।
मनोक्रान्ति टिम युकेको आयोजनामा यही मार्च २२ मा भर्चुअलमार्फत हुने कार्यक्रममा डा. योगी विकाशानन्दले प्रवचन दिन लागेका हुन् । उनले स्वस्थ र आनन्द जीवन जिउने कला स्ट्रेस म्यानेजमेन्टको बारेमा प्रशिक्षण दिने मनोक्रान्ति बेलायत संयोजक नगेन्द्र नेम्वाङले जानकारी दिए । उनले भने, ‘आउँदो शनिबार मार्च २२ तारिख सदाझैं यूके समय बिहान ७-८ बजे भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कला स्ट्रेस म्यानेजमेन्टको बारेमा कार्यक्रम हुने भएको छ ।’
कार्यक्रममा मनोक्रान्तिप्रेमी साधक साधिकाहरु नेपाल, यूके, युरोप नेदरल्यान्ड, पोर्चुगल, जर्मन र स्पेनबाट पनि जोडिँदै आएका छन् । इच्छुक महानुभावहरुले मिटिङ आइडी प्रयोग गरेर नि:शुल्क जोडिन सकिने र पूर्णलाभ लिन सकिने आयोजकले बताएको छ ।


