एनआरएनएको कम्बोडिया सम्मेलन : नागरिकता कार्यान्वयनको माग [१० बुँदे निष्कर्षसहित]

SHARE:


लन्डन २१ मार्च २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकता कार्यान्वयनका लागि कानुनी प्रबन्ध मिलाउन माग गरेको छ ।

१८ र १९ मार्चमा कम्बोडियामा सम्पन्न ‘१०औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन–२०२५’ को निष्कर्षसहित एनआरएनएले नेपाल सरकारसामु उक्त माग गरेको हो । संविधानको धारा १४ मा व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि माग एनआरएनएको सम्मेलनको १० बुँदे निष्कर्षमा उल्लेख छ ।

‘थाइल्यान्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका देशमा रहेका नेपाली मुलका ५ लाखभन्दा बढी नेपाली र नेपाली मूलका विदेशी नागरिकको परिचयपत्रका लागि चाँडो आवश्यक कानुनी प्रबन्ध र पहल गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्छ,’ संघद्वारा जारी सम्मेलनको निष्कर्षमा भनिएको छ ।

साथै सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी दिएको आदेशको कार्यान्वयनको व्यवस्था गर्न संघले माग गरेको छ ।

सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र कम्बोडियाका परराष्ट्र राज्यमन्त्री यून केहाङ, पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, पूर्वमन्त्री एकनाथ ढकाललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहभागी थिए । सम्मेलनमा ३० देशका तीन सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको संघले जनाएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!