रुसमाथिको प्रतिबन्ध अहिल्यै नहटाउने युरोपेली नेताहरुको सम्मेलनमा सहमति : बेलायती प्रधानमन्त्री

SHARE:

लन्डन २७ मार्च २०२५ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताएका छन् ।

“प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत – हामीले के कुरामा छलफल गर्‍यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ”, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भने । जेलेन्स्कीले भने, “सबैले बुझे र बुझ्छन् कि आज रूसले कुनै पनि किसिमको शान्तिलाई चाहँदैन ।”

एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्धहरू हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ छैन’ भने ।

स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म हाम्रो पूर्ण समर्थन छ’ भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए । उनले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाए ।

कुनै पनि युद्धविरामपछि युरोपले युक्रेनलाई बलियो बनाउन खोजिरहेको बेला स्टार्मरले भने, “हामीले शान्तिलाई आश्वस्त पार्ने योजनाहरू–इच्छुकहरूको गठबन्धन– तिनीहरू हवाई, भूमि वा समुद्रमा भए पनि सैन्य र परिचालनबारे छलफल गर्‍यौँ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!