५ अप्रिलमा पनि विकाशानन्दले यूकेलगायतका साधक/साधिकालाई प्रशिक्षण दिने

SHARE:

लन्डन २ अप्रिल २०२५ । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले यही शनिबार ५ अप्रिलमा पनि प्रशिक्षण दिने भएका छन् ।

मनोक्रान्ति टिम युकेको आयोजनामा भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट)को बारेमा प्रवचन दिन लागिएको हो ।

उनले स्वस्थ र आनन्द जीवन जिउने कला स्ट्रेस म्यानेजमेन्टको बारेमा प्रशिक्षण दिने मनोक्रान्ति बेलायत संयोजक नगेन्द्र नेम्वाङले जानकारी दिए । उनले भने, ‘गुरु डा. योगी बिकाशानन्दले यही अप्रिल ५ तारिख युके समय बिहान ७-८ बजे भर्चुअल जुममार्फत स्वसथ् र आनन्द जीवन जिउने कलाको बारेमा कार्यक्रम दिने भएको छ । कार्यक्रम आयोजना मनोक्रान्ती टीम युकेले गरेको हो । यो कार्यक्रममा मनोक्रान्तिप्रेमी साधक साधिकाहरु युके युरोप नेदरल्यान्ड, पोर्चुगल, जर्मन र स्पेनबाट पनि जोडिने गर्दै आएका छन् ।’

इच्छुक महानुभावहरुले मिटिङ आइडी प्रयोग गरेर नि:शुल्क जोडिन सकिने र पूर्णलाभ लिन सकिने आयोजकले बताएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!