अमेरिकी राष्ट्रपति ट्रम्पको आयात शुल्क, विश्व व्यापार बजारका लागि ठूलो उथलपुथल

SHARE:


वासिङ्टन ३ अप्रिल २०२४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गर्नुभएको छ । यसलाई उहाँले अमेरिकी ‘व्यापार जगत्’को ‘स्वतन्त्रता दिवस’ भन्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। त्यो गत वर्षको चुनावी अभियानका बेला उहाँले गरेका प्रस्ताव अनुरूप नै हो।

ह्वाइटहाउसले युरोपेली सङ्घ र चीनसहित ‘सबैभन्दा खराब’ साझेदार भनेर व्याख्या गरेका झन्डै ६० व्यापार साझेदारहरूका वस्तुहरूले उच्च दरको सामना गर्नुपर्ने छ।

उहाँले यसलाई अनुचित व्यापार नीतिहरूको नतिजा बताउनुभएको छ । एप्रिल २ मा घोषणा गरिएको अमेरिकी आयात शुल्कबाट बढी प्रभावित हुने देशमा चीन, भारत, जापान, कम्बोडिया, भियतनाम तथा युरोपेली मुलुकहरू पनि रहेका छन् ।

ह्वाइटहाउसका अनुसार यस घोषणाले अमेरिकाका दुई निकट व्यापार साझेदार मेक्सिको र क्यानडाका लागि तत्कालका लागि केही परिवर्तन गर्ने छैन।

यो व्यापार युद्ध बढ्दा अमेरिकामा उच्च मूल्य र सुस्त वृद्धिदर देखा पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। त्यसैगरी विश्वभरका केही देश आर्थिक मन्दीमा समेत पर्न सक्ने बताइएको छ ।

स्थानीय समयअनुसार बुधवार ह्वाइटहाउसमा गरिएको घोषणामा ट्रम्पले यी उपायहरू आवश्यक रहेको बताउनुभएको छ ।

‘आर्थिक स्वतन्त्रता’

अरू देशहरूले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अमेरिकाबाट फाइदा उठाइरहेको उहाँको भनाइ रहेको छ ।

राष्ट्रिय आपतकाल घोषणा गर्दै बुधबार रिपब्लिकन राष्ट्रपतिले अमेरिकालाई पाँच दशकदेखि ‘निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटे, बलात्कार गरे, लुटिरहे’ भन्नुभयो ।

“यो हाम्रो आर्थिक स्वतन्त्रताको घोषणा हो,” पृष्ठभूमिमा अमेरिकी झन्डा राखि रोज गार्डेनमा गरिएको सम्बोधनमा ट्रम्पले भन्नुभयो ।

अमेरिकाले एप्रिल ५ मा १० प्रतिशत शुल्क लगाउन सुरु गर्ने जनाएको छ भने अन्य केही देशहरूका लागि तोकिएका उच्च शुल्क एप्रिल ९ देखि सुरु हुनेछन् ।

“आज हामी अमेरिकी श्रमिकको पक्षमा उभिरहेका छौँ र अन्ततः अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ,” ट्रम्पले आफ्नो विचारमा अमेरिकी इतिहासको सबैभन्दा अहम् दिनहरू मध्येको एक बताउँदै भन्नुभयो ।

आयात शुल्कले सन् २०३४ सम्ममा २.२ ट्रिलियन डलर अमेरिकी राजस्व बढाउन सक्ने ’नन पार्टिसन कङ्ग्रेसनल बजेट अफिस’ले जनाएको छ।

ट्रम्पले बुधवारका घोषणाअघि त्यसको पूर्व समीक्षाका लागि कैयौँ साता लगाउनुभएको थियो ।

यो अवधिमा चीनबाट आयात हुने सामान, विदेशी कार, स्टील र आल्मुनियममा आयात शुल्क बढाउने र मेक्सिको र क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत शुल्क बढाउने अन्य आदेशहरू भएका थिए ।

त्यसमा बेलायतका लागि १० प्रतिशत र युरोपेली सङ्घ ईयूका लागि २० प्रतिशत समावेश गरिएको ट्रम्पले बताउनुभएको छ ।

चीनबाट आउने सामानहरूमा लाग्ने अमेरिकी आयात शुल्क ३४ प्रतिशतले बढ्ने छ जुन अहिले नै २० प्रतिशत रहेकाले त्यसमा थप हुँदा त्यो कुल शुल्कका रूपमा ५४ प्रतिशत पुग्ने छ।

जापानबाट आउने सामानहरूमा २४ प्रतिशत र भारतबाट आउने सामानहरूमा २६ प्रतिशत भन्सार शुल्क लाग्ने छ।

ट्रम्पको पहिलो कार्यकालमा आयात शुल्क लगाइएपछि कतिपय कम्पनीले आफ्ना आपूर्ति चक्रलाई चीनबाट अन्यत्र सारेका थिए।

अब भियतनाम र कम्बोडियाबाट आउने सामानहरूमा क्रमशः ४६ प्रतिशत र ४९ प्रतिशतको शुल्क सामना गर्ने छन्।

कैयौँ साना देशमा पनि उच्च आयात शुल्कको मार पर्नेछ। जसमा दक्षिणी अफ्रिकी देश लेसोथोका उत्पादनहरूले ५० प्रतिशत आयात शुल्कको सामना गर्नुपर्ने छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अन्य देशहरूलाई जसमा जबाफी कदम नचाल्न चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “एक ठाउँमा बसेर विचार गर्नुहोस्, यसलाई बुझ्नुहोस् र अब के हुन्छ हेरौँ। किनभने यदि तपाईँले जबाफी कारबाही गर्नुभयो भने तनाव बढ्ने छ तर तपाईँले जबाफी कारबाही गर्नुभएन भने यो चरम सीमा हो।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!