लन्डन ६ अप्रिल २०२५ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले नयाँ संसार स्थापित नियमहरूद्वारा कम र ‘सम्झौता र गठबन्धनद्वारा अधिक’ शासित हुने आइतबार बताएका छन् ।
बदलिँदो विश्वव्यापी आर्थिक मार्गलाई पहिचान गर्दै अब केही क्षेत्रहरूको रक्षा गर्न राज्यको प्रत्यक्ष हस्तक्षेप प्रयोग गर्न आफू तयार रहेको उनले बताएका छन् ।
“अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार व्यापक कर लगाउनुले ‘पुरानो अनुमानलाई अब हल्कारूपमा लिन सकिँदैन’ भन्ने देखाउँछ,” स्टार्मरले सन्डे टेलिग्राफ पत्रिकामा प्रकाशित एक लेखमा भनेका छन् ।
प्रधानमन्त्री स्टार्मरले भने, “‘व्यापार युद्धबाट कोही पनि विजयी हुँदैन’ भन्ने आफ्नो सरकारको विश्वास दोहोर्याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वोत्तम सम्झौताका लागि लड्ने’ रहेको छ ।” उनले अमेरिकी व्यापार सम्झौता ‘बेलायती व्यापारका लागि सही भएमा’ मात्र गरिने र बेलायतमाथि १० प्रतिशत करको जवाफ दिन ‘सबै विकल्पहरू टेबलमा नै रहने’ बताए ।
बेलायतको लक्जरी कार निर्माता कम्पनी जगुआर ल्याण्ड रोभरले अप्रिलमा संयुक्त राज्य अमेरिकामा नयाँ व्यापारिक शर्तहरूलाई सम्बोधन गर्दै निर्यात ‘रोकिने’ बताएको छ ।






