लन्डन १० अप्रिल २०२५ । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ ।
प्रतिबन्धले बेलायतको मानव अधिकार प्रतिबद्धताको उल्लङ्घन गरेको तर्क गरेको छ र लडाकूहरूले ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि प्यालेस्टिनी जनताको सङ्घर्षको वैधता’ मा जोड दिएको अपिलमा जनाइएको छ । बेलायतले सन् २००१ मा हमासलाई ‘आतङ्कवादी समूह’ घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले हमासलाइ आतङ्कवादी समूह मान्दछन्।
सरकारी वेबसाइटका अनुसार सन् २०२१ मा हमासको राजनीतिक दलमाथिपनि प्रतिबन्धलाई विस्तार गरी उक्त समूहलाई ‘जटिल तर एकल आतङ्कवादी सङ्गठन’ मानिएको थियो ।
बेलायतमा प्रतिबन्धित संस्थाप्रति सम्बद्ध हुनु, प्रोत्साहन दिनु र समर्थन जनाउनु लगायत अन्य कार्यहरू फौजदारी अपराध हुन् । गृह मन्त्रालयले भने यस विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ ।
लण्डनस्थित ‘रिभरवे ल’ नामक कम्पनीले बुधबार बेलायतको गृह मन्त्रालयलाई बुझाएको जानकारी दिएको हो ।






