कोमल मल्ल – बेलायत।
१३ अप्रिल २०२५ लन्डन । बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके ले नया वर्ष २०८२ साल आगमनको अवसरमा स्वागत सम्मान , सिर्जना वाचन र गीत सङ्गीतको संयोजन गरी उत्साहवर्धकरूपमा नेपाली नयाँ वर्ष मनायो ।
वयस्ट लन्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नव नियुक्त राजदूत श्री चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षककरूपमा स्वागत सम्मान परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा राघव धिताल ओबीई ,वरिष्ठ सहअध्यक्ष ध्रुव केसी लगायत कवि साहित्यकारहरुले ब्याज, खाता , पुष्प गुच्छा र प्रसतीपत्र पढेर अभिनंदन गरिएको थियो
उक्त स्वागत सम्मान समारोहलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक नेपाली राजदूत चन्द्रकुमार घिमिरेले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा साहित्य संस्कृति जस्ता मूलभुत कुराहरूलाई संरक्षण र संबर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूके. ले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय छन् भन्नु भयो । समारोहमा परिषदको संरक्षकत्व ग्रहण गर्दै राजदूत घिमिरेले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विस्वास व्यक्त गर्नु भयो । राजदूत घिमिरेले सबै सर्जकहरूमा आउदै गरेको नेपाली नया बर्ष २०८२ को उपलक्षमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबिईले बेलायतमा नेपाली भाषा साहित्य कला जस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नु भयो !
सभापतिको आसनबाट बोल्नु हुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्का पदेन संरक्षक महामहिम राजदूत कवि चन्द्रकुमार घिमिरेको स्वागत सम्मान गर्न पाउदा हर्षले गदगद् भएको र नेपाली साहित्य विकास परिषद् यूकेले हाम्रो नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर हामीले हाम्रो गाउँ घर चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भन्नुहँदै पिरषद्का विविध क्रियाकलापहरूको बारेमा चर्चा गर्नु भयो ।
त्यसैगरी परिषदका पूर्व अध्यक्ष बिबिसी नेपाली सेवाका पूर्व संचालक कवि खगेन्द्र नेपालीले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को स्थापना हुँदा तत्कालिन महामहिम राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह सहमति र सहभागिता बाट नै बेलायत स्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको र तत्पश्चात पाल्नु भएका सबै राजदूतज्यूहरूबाट नेपाली साहित्यको श्रीबृद्धि गर्नेकार्यमा परिषदमा गरिमामय सहभागिता र सहयोग रहँदै आएको चर्चा गर्नु भयो । पूर्व अध्यक्ष नेपालीले हामी यसरी नै सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकाल देखि नै आफ्नो माटोको सुवासना बोकेको नेपाली नयाँ वर्ष मनाउँदै आइरहेका छौ र परिषदमा राजदूतावासको प्रत्यक्ष संलग्नताले विशेष महत्व राख्दछ भन्नु भयो ।
यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै परिषद्का महासचिव कवि डा. सुधा श्रेष्टले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गर्नु भयो ।
राष्ट्रीय गान, मंगल धुनबाट आरम्भ गरिएको समारोहमा अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को नऔ पदेन संरक्षकको रूपमा राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत सम्मान अभिनन्दन-पत्र पढेर अभिनन्दन गर्नु भएको थियो ।
यसै समारोहमा भर्खरै दिबंगत हुनुभएका परिषदका संस्थापनाकाल देखिका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य समाजसेवी हरि केसी. को संझनामा चीर शान्तिको कामना गर्दै एक मिनेट मौनघारणा गरिएको थियो !
समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन र परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठकलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ट कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएका थिए ! अन्तमा सहअध्यक्ष रेशम अर्याल बाट उपस्थित अतिथि सबैमा धन्यबाद ज्ञापन अर्पण गर्नु भयो !
यसैगरी कविता वाचनमा भागलिने कविहरूमा वसन्त रायक्षेत्री, वासु सापकोटा,घन बहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ,अनुप अधिकारी,हरिसिंह थापा, मनोज अन्जान बिरेन्द्र कुवॅर र कोमल मल्ल आदि थिए ।
यस कार्यक्रमको लागि साहित्यकार घन बहादुर थापा मगरले आर्थिक सहयोग गरेका थिए
अन्तमा जलपान सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठमल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल OBE, डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, डा. सुधा सुधा श्रेष्ट, रेशम अर्याल तथा बिषेस सहयोगका लागि सल्लाहकार एबीआई कलेजका प्रोप्राइट कृष्ण भट्ट,सल्लाहकार मदन थापा, उपाध्यक्ष बसऱ्ऱ्न्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान,ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल,सीतु खरेललाई धन्यवाद ज्ञापनगर्नु भयो ।







