एनआरएनएको समस्याबारे सभामुख र राष्ट्रियसभा अध्यक्षलाई जानकारी गराइयो

SHARE:

काठमाडौं २१ अप्रिल २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीहरूले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर संघभित्रको समस्याबारे जानकारी गराएका छन् ।

अध्यक्ष बद्री केसीको नेतृत्वको टोलीले आइतबार सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाललाई छुट्टछुट्टै भेटेर एनआरएनभित्र देखिएको समस्याबारे ब्रिफिङ गरेको महिला सचिव टीका गुरुङ (राधिका)ले जानकारी दिइन् ।

उनका अनुसार एनआरएनए एकताका लागि सहजीकरण गर्न आफूहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराएको छ । ‘हामीले नागरिकता, लगानीको विषय अनि एनआरएनए भित्रको समस्याबारे जानकारी गरायौं। विधानविपरीत पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले अधिवेशन गर्न लागेको बारेमा भनेका छौं,’ उनले भनिन्, ‘विधानविपरीत गरिने महाधिवेशनले संगठनलाई असर पार्छ । त्यसैले हामीले सहजीकरणका लागि आग्रह गरेका छौं । उहाँहरूले आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभएको छ।’

एनआरएनएको टोलीले सोमबार राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्दैछ। प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर वार्ताको माध्यमबाट अहिलेको अन्योलता हटाउन आग्रह गर्ने उनले जानकारी दिइन् ।

शेष घले नेतृत्वको समितिले आउँदो मे ३ देखि ५ सम्म महाधिवेशन गर्दै छ । जसका लागि प्रतिनिधिहरुसमेत काठमाडौंमा भेला हुन थालेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!