लन्डन २१ अप्रिल २०२५ । मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको छ ।
अल्डरसटमा आइतबार २० अप्रिलका दिन आयोजित कार्यक्रममा अभियन्ता अनिता गुरुङको अध्यक्षतामा मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको हो । शाखा उपाध्यक्षमा सुनिता रानापाली, सचिवमा योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर र कोषाध्यक्षमा कमल राई चयन भएका छन् ।
सदस्यहरुमा रिता गुरुङ, कुमारी थापा, माया श्रेष्ठ,बेल बुडाथोकी र ओम पुन चयन भएका छन् । शाखा सल्लाहकारमा गोमा राना चयन भएकी छन् ।
मनोक्रान्ति टीम यूकेका अग्रज साधक खर गुरुङले नवनियुक्त कार्यसमितिलाई खादा ओढाइ सम्मानसहित बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
आगामी मे महिनामा गुरुदेव/गुरुमा डा. योगी विकाशानन्द र कमलेश्वरीको बेलायत भ्रमणका क्रममा मनोक्रान्ति प्रशिक्षण सफल पार्नका लागि पनि शाखा गठन गरिएको हो । बेलायतमा यो शाखा प्रथम हो । अन्यत्र पनि शाखा विस्तार गर्दै लैजाने लक्ष्य रहेको टिम लिडर नगेन्द्र नेम्बाङले बताएका छन् ।




