
लन्डन २४ अप्रिल २०२५ । नेपाली पर्या साहित्य प्रतिष्ठानद्वारा आयोजित पर्यावरण निबन्ध प्रतियोगिताको परिणाम सार्वजनिक भएको छ । प्रतियोगितामा देश–विदेशबाट प्राप्त १०८ निबन्धमध्ये उत्कृष्ट ३२ निबन्ध छनोट भएका छन् ।
सुरुमा २० निबन्ध मात्रै संग्रहमा समावेश गर्ने भनिए पनि प्राप्त निबन्धहरूको उच्च गुणस्तरलाई मध्यनजर गर्दै यो संख्या ३२ पुर्याइएको संयोजक विजय हितानले जानकारी दिए ।
- रोगी नबनाई राख्नुपर्छ – अनिता पन्थी
- त्यसपछि चराहरू हराउनेछन् – अनिता न्यौपाने
- अँध्यारोको खोजिमा – अनिता कोइराला
- बाह्र वर्षपछि पनि खोला फर्किएन भने – ऋतेश गुरुङ
- वनस्पतय शान्ति, पृथ्वी शान्ति – कुमार काफ्ले
- अब बाग्मती फेरि हाँस्छ – कुमुद श्रेष्ठ
- प्रदूषणस् वर्तमान र भविष्य – कुञ्ज देवी उपाध्याय
- विकासस् प्राप्तिको श्रृङ्खला र पस्चात्तापको पुनर्बोध – गोविन्द गोपाल खतिवडा
- पाले उम्रपालिको लोकमा – जेएन दाहाल
- बालसखाहरू गुमाउँदाको पीडा – तारानिधि भट्टराई
- साँखाम चुलि, गिद्ध र टेम्के – दिलिप बान्तावा
- माटोको छातिमा आमाको अनुहार – दीपिन सिजापति
- साझा घरको माया – दीपकप्रसाद ढकाल
- मेरो अँधेरी खोला – दुर्गा कुमारी थापा
- असमको नेपाली पर्यावरण साहित्य र चेतनशील प्रवृत्तिको खोजी – नारायण शर्मा अधिकारी
- सात्ताले – नुमेश घर्ती मगर
- अकाल मृत्युबाट बाँचेको वरपिपल – पुरुषोत्तम उपाध्याय दाहाल
- महिला र प्रकृतिको तादात्म्यता – प्रभा बराल
- वातावरणीय विचलन कि रूपान्तरणरु – बोम बहादुर थापा
- प्रलयको आधिबेहरी – भवानी खतिवडा
- सिमगाडको मुहानतिर – भेषराज बुढाथोकी
- प्रकृतिस् अनुपम अस्तित्व सौगात – रमेश भट्टराई ‘सहृदयी’
- रातो बत्ती – राजु अधिकारी
- जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य – राजेन्द्रमान डङ्गोल
- प्रकृति र मानिस – रुपसिङ भण्डारी
- माफिनामा – रुपा थापा
- हिमानी आलोकको तेजोवध – रोशन आपगाईं
- रहौँला कहाँ, हिमालै नरहेरु – लक्ष्मण वियोगी
- प्रकृतिमा बाँदर र मानिसको सहअस्तित्व – विश्वनाथ रिजाल
- प्रिय जन्मभूमि – सरिता घिमिरे
- स्वच्छ पर्यावरण, समृद्ध जीवन – सोनिया कटवाल
- प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किनरु – हरिबोल काफ्ले
निर्णायक मण्डलमा डा. गीता त्रिपाठी, भूपिन र महेश पौड्याल रहेका थिए । । प्रतियोगिताको घोषणा २०८१ मंसिर १४ मा गरिएको थियो भने नेपालसहित भारत, कतार, अमेरिका, चीन, अष्ट्रेलिया, साइप्रस, फिनल्याण्ड, जापान र बेलायतबाट निबन्धहरू प्राप्त भएका थिए । प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिनेछ। उत्कृष्ट ३२ निबन्धहरूको संग्रह साहित्यपोस्ट मार्फत प्रकाशित हुनेछ भने अन्य २९ निबन्धकारलाई जनही २ हजार सम्मानस्वरूप प्रदान गरिनेछ ।
विजेताहरूको घोषणा र निबन्ध संग्रहको लोकार्पण २०८२ जेठ १७ गते काठमाडौंस्थित प्रज्ञा भवनमा हुने १०औं वातावरण साहित्य गोष्ठीमा गरिने संयोजक हितानले जनाए ।






