
काठमाडौँ २६ अप्रिल २०२५ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउने प्रयासमा सहयोग गर्न अपिल गरेको छ ।
समितिका संयोजक एवं पूर्वअध्यक्ष शेष घलेले शुक्रबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको वातावरण बनाउन संस्थापक, पूर्वअध्यक्ष र उच्चस्तरीय समितिका सदस्यलाई छलफलमा जुट्न आग्रह गरेका हुन् ।
“अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नुपर्ने बेला हो”, उनले भने, “विगतमा कसले के ग¥यो त्यो कुरा अहिले छाडौँ, तोकेको मितिमा महाधिवशेन आयोजना गर्नु नै एकताको सुत्र हो, फुटेर होइन, जुटेर अघि बढौँ ।” संयोजक घलेले खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न अपिल गरेका छन् ।







