बेलायतमा ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन

SHARE:

लन्डन ६ मे २०२५ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक बेलायतमा ‘भिमसेन थापा’ मञ्चन गरिएको छ ।

नेपाली साहित्य विकास परिषद् यूकेको आयोजनामा साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबको हलमा गत २७ अप्रिल साँझ नाटक मञ्चन गरिएको हो । मञ्चन भएको उक्त नाटक कलाकार सनमकुमार बैरागले निर्देशन गरेका हुन् । नाटकका प्रमुख पात्र भिमसेन थापाको भूमिकामा पनि सनम बैराग नै देखिएका थिए । लन्डन बसेर पनि रङ्गमञ्चदेखि चलचित्रसम्म अभिनय र निर्देशनमा निकै सक्रिय सनमले यस नाटकमा पनि दर्शकको मन जित्न सफल भए ।

नाटकमा भक्ति थापाको भूमिकामा समान्त तामाङ र सूत्राधारको भूमिकामा सुरेश श्रेष्ठ र अर्का कलाकार गोपाल बस्नेतको प्रस्तुति पनि प्रशंसनीय रह्यो । नाटकमा नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपाली, डा. दुबसु क्षेत्री, ज्ञानेन्द्र राउत तथा दुर्गा गुरुङको नेपथ्यबाट न्यारेसनमा कलाकारको अभिनय प्रभावकारी थियो । त्यसैगरि नाटकमा पाश्र्व गायनमा सपन कुमार राई, संगीत संयोजन तारा प्रकाश लिम्बु र नृत्य संयोजन कोरियोग्राफर चरण प्रधानले गरेका छन् ।

निर्देशक सनमले भिमसेन थापाको योगदान, उदय र अन्त्यलाई नाटकमा उत्कृष्ट रुपमा उतारेका छन् । नेपालको इतिहासमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल राष्ट्रिय गौरव, कुशल प्रशासक, दूरदर्शी मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापाको उदय र अन्त्यको ऐतिहासिक विषयवस्तुलाई लिएर युग कवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित नाटक ‘भिमसेन थापा’ पुस्तक भित्रबाट कथाको विषयवस्तु लिएर कलाकार तथा निर्देशक सनमले नाटकलाई मनोरन्जनपूर्ण र मर्मस्पर्सी रूपले मञ्चमा उतारेका छन् ।

यसअघि उनले ‘कैदीको पत्र’ चलचित्र निर्देशन गर्नुका साथै बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ जस्ता नाटक सफलतापूर्वक मञ्चन गरिसकेका छन्। राष्ट्र निर्माता वडा महाराजाधिराज पृथ्वीनारायण शाहद्वारा एकीकृत गरिएको नयाँ नेपाललाई सवल र बलियो बनाउन मुख्तियार भिमसेन थापाको योगदान जत्तिको महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण भूमिका नेपालको आधुनिकीकरण गर्न पनि छ ।

नाटक मञ्चन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद् यूकेका प्रमुख वरिष्ठ सल्लाहकार एवं यतीका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल ओबीइ र परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले शुभकामना दिएका थिए । यस नाटक बेलायतका अन्य शहरहरु रिडिङ, उलवीच, अल्डरसट, स्कटल्यान्ड र नेपालमा समेत मञ्चन गर्ने तयारी भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!