अनेसास यूकेको आयोजनामा ‘पारिजात’को ९२औं जन्मजयन्ती मनाइयो

SHARE:

लन्डन १९ मे २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाको आयोजनामा विष्णुकुमारी वाइबा ‘पारिजात’को ९२औं जन्मजयन्ती मनाइएको छ । शनिबार १७ मे २०२५ मा भर्चुअल माध्यमबाट एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यता, पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दली तथा गोविन्द गिरी ‘प्रेरणा’ विशिष्ट आतिथ्यतामा पारिजात जयन्ती मनाइएको हो । त्यस अवसरमा शिवपुरी सन्देश (१०७औं अंक) बेलायत विशेषांक विमोचन गरियो ।

कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले नेपाल, यूरोप, अमेरिका र यूकेबाट गरि उपस्थित करिब तीन दर्जन साहित्यकारलाई स्वागत गर्दै कार्यक्रम आयोजनाको सन्दर्भबारे चर्चा गरेका थिए । शिवपुरी सन्देश बेलायत विशेषांकका अतिथि सम्पादक रहेका डा. श्रेष्ठले यस विशेषांकका लागि रचना प्रदान गर्ने सम्पूर्ण स्रस्टाहरु, शुभकामना सन्देश दाताहरु तथा प्रकाशनका प्रायोजक निरन तथा चन्दा श्रेष्ठलाई विशेष धन्यबाद ज्ञापन गरे ।

डा. श्रेष्ठले बेलायती स्रस्टाहरुलाई विशेष महत्व दिई बेलायती विशेषांक प्रकाशन गरिदिएकोमा शिवपुरी सन्देशका प्रधान सम्पादक तथा प्रकाशक वियोगी बुढाथोकीप्रति आभार प्रकट गरे । विशेष अतिथि, कवि, पत्रकार तथा समालोचक ठाकुर बेल्वासेले विशेषांकमा समाबिष्ट मुक्तक, गजल, कविता, नाटक, आलेख तथा विचार विमर्शहरुको सुक्ष्म रुपमा टिप्पणी गर्दै प्राय रचनाले बेलायती नेपाली डायास्पोराको चित्रण गर्ने, घरदेशको नोस्ट्याल्जिया दर्शाउने भएकोले बेलायती-नेपाली समाजलाई बुझ्न पढ्नै पर्ने कृतिको रुपमा आएको बताए ।

अनेसास बेलायतका पूर्वअध्यक्ष तथा केन्द्रका सल्लाहकार सुमलकुमार गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलताको शुभकामना दिए । गोबिन्द गिरी ‘प्रेरणा’ले आफ्नो कृति ‘सुश्री पारिजात’ लामो अध्ययन र अनुसन्धानबाट प्राप्त पारिजातका जीवनका विविध प्रसंगका चर्चा गरे । विशिष्ट अतिथि पारिजात स्मृति केन्द्रकी अध्यक्ष इन्दिरा दलीले उक्त केन्द्रले हालसम्म गरेका कामहरु, प्रकाशनहरु, पुरस्कार र आगामी कार्ययोजनाबारे बिस्तृत रुपमा चर्चा गरेकी थिइन् ।

मिडियाहरुमा पारिजातको विभिन्न जन्ममिति उल्लेख भए पनि आधिकारिक रुपमा उहाँको जन्म वि.सं.१९९० फागुन ३० गते भएकोले यस वर्ष ९२औं जन्मजयन्ती भएको दलीले बताइन् ।

सो अवसरमा सुमलकुमार गुरुङ, प्रतिमा केसी, माया गुरुङ, सारादेवी गुरुङ, अहिल्या कुँवर, जीत बुढाथोकी छन्त्याल, डा. संगीता स्वेच्छा, रबिन्द्र जोशी, राज श्रेष्ठ, लालगोपाल सुवेदी, राजु सिटौला, सर्वज्ञ वाग्ले, डिल्लि अम्माई, गोपी सापकोटाले आफ्ना रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले शिवपुरी सन्देशमा समाहित लेख रचनाको छोटो चर्चा गर्दै कृति प्रकाशनका लागि संयोजन गर्ने डा. रुपक श्रेष्ठ तथा शिवपुरी परिवारलाई बधाई तथा सफलताको कामना गरे । उनले पारिजातको व्यक्तिव र कृतित्वबारे चर्चा गर्दै अनेसास बेलायत शाखाले पारिजातबारे थप अध्ययन अनुसन्धान र कृति प्रकाशनको लागि अगुवाइ गर्न अनुरोधसमेत गरेका थिए ।

मिडिया कोअर्डिनेटर कुमार केसीले संचालन गर्नुभएको कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष लालगोपाल सुबेदी, उपाध्यक्ष डिल्ली अम्माई, महासचिव राजु सिटौला, नेपाली प्रतिभा प्रतिष्ठानका पूर्बाध्यक्ष रक्ष राई र बेलायत विशेषांक प्रकाशनका प्रायोजक निरन श्रेष्ठ तथा चन्दा श्रेष्ठ विशेष अतिथि थिए ।

कार्यक्रमको अन्तमा सभापति राज श्रेष्ठले अतिथि तथा सहभागी सबैलाई आफ्ना अमूल्य विचार, शुभकामना मन्तव्य तथा रचना वाचन गरी कार्यक्रम गरिमामय बनाइदिएकोमा धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!