पहिचान पुरस्कारका लागि कृति आह्वान [विज्ञप्तिसहित]

SHARE:

लन्डन २० मे २०२५ । पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार’का लागि कृति दर्ता आह्वान गरेको छ । कोषका अध्यक्ष नरेश काङमाङ राईले सोमबार सूचना जारी गर्दै दर्ता आह्वान गरेका हुन् ।

‘२०८१ वैशाखदेखि चैतसम्म प्रकाशित भएका कृतिहरू पहिचान पुरस्कारका लागि पहिचान पुरस्कार कोषमा २०८२ जेठभित्रमा दर्ता गराइदिन हुनका लागि यो सूचना प्रकाशित गर्दछौँ,” सूचनामा भनिएको छ । कोषले यसबाट २०८२ सालका लागि पहिचान सम्मान गर्ने राईले जनाएका छन् । ‘२०८१ सालका लागि पहिचान सम्मान गरिने भएकाले यस वर्ष कोषमा दर्ता भएका कृतिहरूलाई २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूसँगै उत्कृष्ट कृति छनोट गरी पुरस्कार प्रदान गरिनेछ,’ उक्त सूचनामा भनिएको छ ।

गत वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे !’ ले प्राप्त गरेको थियो। पुरस्कारको राशि ४ लाख २ हजार २०२ रुपैयाँ रहेको छ । कोषको स्थापना २०७२ सालमा भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!