नेपालकी परराष्ट्रमन्त्री राणा र एनआरएनए अध्यक्ष श्रेष्ठ जापानमा, एयरपोर्टमा भव्य स्वागत

SHARE:


टोकियो २१ मे २०२५ । नेपालकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठलाई जापानमा स्वागत गरिएको छ ।

राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री देउवा पुगेकी हुन् भने हालै सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो पुगेका हुन् । मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, संघको एसिया प्रशान्त क्षेत्रीय संयोजक डा बलराम श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जापानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसीलगायतले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

परराष्ट्रमन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । मन्त्री राणा नेतृत्वको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गत वैशाख २० र २१ गते काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठ पहिलो पटक कर्मथलो पुगेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!