पराराष्ट्र मन्त्रालयद्वारा महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता

SHARE:


काठमाडौं २२ मे २०२५ । नेपाल सरकार पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।

यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ ।

बद्री केसी नेतृत्वको एनआरएनलाई भने प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कायमै छ । केसी पक्षले कात्तिकसम्म आफ्नो कार्यकाल रहेको भन्दै आफू आधिकारिक रहेको दाबी गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!