लन्डन २५ मे २०२५ । बेलायत निवासी स्रष्टा विजय हितान ‘पर्यासाहित्य दूत’का रुपमा सम्मानित भएका छन् ।
काठमाडौंमा शनिबार आयोजित ज्योति साहित्य प्रतिष्ठानको २१८औं शृङ्खलामा साहित्यकार हितान सम्मानित भएका हुन् । उनलाई प्रमुख अतिथि प्राडा खगेन्द्रप्रसाद लुइटेलले प्रमाणपत्र हस्तान्तरण गरे ।
उनले सम्मान ग्रहणपछि पर्या साहित्यले चोमोलुङ्माको चुचुरो चुम्दै गरेको अनुभूति भएको प्रतिक्रिया जनाएका छन् ।
हितान संयुक्त अधिराज्य (बेलायत) लाई कर्मभूमि बनाएर नेपाली पर्यासाहित्य लगायतको प्रवर्द्धनमा लागिरहेका छन् ।
‘ज्योति साहित्य प्रतिष्ठानबाट ‘पर्यासाहित्य दूत’ भनेर सम्मानित हुन पाउँदा हाम्रो पर्या साहित्यले चोमोलुङ्माको चुचुरो चुम्दै गरेको अनुभूति भयो । यसका लागि प्रतिष्ठानका अध्यक्ष मणिराज शिंह र टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।







