बेलायतमा अन्जु न्यौपानेको ‘सेतो एप्रोन’ उपन्यासको विमोचन

SHARE:

लन्डन २९ मे २०२५ । लेखक अन्जु न्यौपानेको नयाँ उपन्यास ‘सेतो एप्रोन’ बेलायतमा विमोचन गरिएको छ ।

युकेको प्रतिष्ठित खेल २३ औं गोर्खा कपको अवसरमा मनोक्रान्ति टीम यूकेले २५ मे २०२५ मा आयोजना गरेको ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ कार्यक्रममा प्रमुख अतिथि डा. योगी विकासानन्द र विशिष्ट अतिथि कमलेश्वरीले उक्त उपन्यास विमोचन गरेका हुन् । लेखकका अनुसार उपन्यासमा सम्पूर्ण स्वास्थ्य क्षेत्रमा रहेका राम्रा पक्ष र बेतिथिहरुलाई औपन्यासिक रुप दिइएको छ ।

लेखक न्यौपानेका यसअघि ‘मोड’ र ‘लुकेका वासना’ नामक दुई उपन्यास प्रकाशित छन् ।

पेसाले स्टाफ नर्स रहेकी उनलाई ‘सुदूरपश्चिमाञ्चल साहित्य समाज परिवार’ले साहित्य क्षेत्रमा उनको विशेष प्रतिभाको कदर गर्दै वि.सं. २०८० सालको ‘जसुदा साहित्य पुरस्कार’बाट सम्मान गरेको थियो । अन्जु हाल स्कटल्यान्डमा उच्च शिक्षा अन्तर्गत मेडिकल साईन्समा अध्यनरत छिन् ।

अन्जु मनोक्रान्ति विश्व परिवारमा २०६३ सालदेखि नै आबद्ध भई मनोक्रान्तिको साधिका, सन्चार जगत र समाजसेवामा समर्पित छिन् ।

मनोक्रान्ति टीम यूकेका अध्यक्ष तथा एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङले सञ्चालन गरेको कार्यक्रममा मनोक्रान्ति योद्धा एवं विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!