हङकङमा राजकुमार राईको उपन्यास ‘किवाहाङलाई’ पुरस्कार

SHARE:

हङकङ ३० मे २०२५ । राजकुमार राईकृत उपन्यास ‘किवाहाङलाई’पुरस्कार प्रदान गरिएको छ ।

हङकङ साझा साहित्यिक श्रृंखलाको १३ औं वार्षिकोत्सवको अवसरमा गत २५ मे २०२५ मा जोर्डनस्थित ब्लु ओसन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा किवाहाङलाई ‘स्रष्टा र सृजना पुरस्कार वर्ष २०२३ –२०२५’ नगदसहित पुरस्कृत गरिएको हो । दोस्रो विश्व युद्धको सेरोफेरोमा लेखिएको किवाहाङ गोर्खा सैनिकहरूको इतिहासमा आधारित उपन्यास हो ।

नेपालमा युद्ध पीडितहरूको दु:खदायी अवस्थाबाट उठेको उपन्यास तत्कालीन विश्वयुद्धबाट मुक्ति पाएपछि गृहयुद्धमा भइरहेका मलेसिया, बेलायत, सिंगापुर, ब्रुनाई, हङकङमा गोर्खा लाहुरेहरूले गृहयुद्धमा भोगेका अनेक आरोहअवरोह, स्थानीय जनतासँग घुलमिल रोचक कथाहरू बुनिएको छ । उपन्यासमा आञ्चलिकता , किराँत सांस्कृतिक, गोर्खा लाहुरे इतिहास, विभिन्न देशका युद्धहरूका साथ यौनलाई मनोविज्ञान उठाएको छ ।

सोही कार्यक्रममा स्वर्गीय लालबहादुर गुरूङ भाषा तथा साहित्य सेवा पुरस्कार २०२३-२०२५, टोपबहादुर याक्खा किसन राई प्रतिभा स्मृति २०२३-२०२५ पुरस्कार, शारदा गुरूङ लालबहादुर स्मृति पुरस्कार २०२३–२०२५ नगद र सम्मान प्रदान गरिएको छ ।

२०२३–२०२५ कृति प्रकाशनको निम्ति चन्द्र मादेन आन्छन, बालिका बान्तावा , जुनु दिव्य राना , दाजु गुरूङ, रमण गुरूङ बिसु समलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम आयोजनामा आर्थिक सहयोग गर्नेहरूलाई शृंखलाले माया चिनो उपहार प्रदान गरिएको थियो ।

हङकङ साझा साहित्यिक श्रृंखलाको आगामी २ वर्षको निम्ति संयोजक जुनु दिव्य राना, सहसंयोजक रोशन यक्सोलाई सर्वसम्मत चयन भएको साहित्यकार जानु काम्बाङ लिम्बुले जानकारी दिइन् ।

कार्यक्रममा श्रृंखलाको मुखपत्रसमेत विमोचन गरिएको थियो ।

निवर्तमान संयोजक रमण गुरूङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति याउ चिम मोङ ड्रिस्ट्रिक काउन्सिलर अरूणा गुरूङ थिए । कार्यक्रम टोपबहादुर याक्खाले सञ्चालन गरेका थिए ।

हङकङ साहित्यिक साझा श्रृंखलाको १४४ औं संस्करण पूरा भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!