एनआरएनए जापानद्वारा भगवती माविमा ५५ वटा झोला वितरण

SHARE:

काठमाडौं १ जून २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङस्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ५५ थान झोला वितरण गरेको छ ।

संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा.बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । ती झोलाहरु भगवती माविका कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु दिइनेछ ।

उक्त सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय व्यवस्थापनको भनाइ छ ।

उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ । एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजनाअन्तर्गत उक्त सहयोग गरेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!