नेपाल पुगेपछि पत्रकार आश गुरुङले लेखे – बाइबाइ बेलायत ! सबैमा धन्यवाद ।

SHARE:

बेलायत, एउटा विश्वले चिनेको देश । त्यही देशमा डेढ महिनाको बसाइपछि म मेरो मातृभूमि नेपाल फर्किएको छु । अप्रिल ११ (चैत २९) काठमाडौंबाट नेपालको भुइँ छोड्दा अनेकन कुराहरु मनमा खेलिरहे । बेलायत रहँदा मनमा खेलिरहेका कुरा सवै विर्सिएर आफ्नो लय समात्ने प्रयास गरें । सबैको आपार माया, स्नेह र आशीर्वाद लिएर पुनः मे २८ (जेठ १४ गते) नेपाली माटोको पाइला टेक्न आइपुगें ।

मेरो पहिलो बेलायत यात्रा हरेक हिसावले सफल र महत्वपूर्ण बन्यो । बेलायत बुझ्ने, बेलायतका नेपाली बुझ्ने, नेपाली भाषा, कला, संस्कार र संस्कृति बुझ्ने मौका मिल्यो । मेरो यात्रालाई सुरुवात गराइदिनुहुने आदारणीय दाइ, अभिभावक एकेन्द्र गुरुङलाई जति धन्यवाद दिए पनि, कृतज्ञ व्यक्त गरे पनि कम हुन्छ । उहाँप्रति म सदैव ऋणी छु ।
संस्थागत रुपमा ग्रेटर रश्मुर नेपाली कम्युनिटी साथै यस संस्थाका तत्कालीन अध्यक्ष मान दाइ र सिंगो संस्थाप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दछु ।

बेलायत रहँदा मैले यस्तो अभिभावक पाएको छु कि, म शब्दमा बर्णन गर्न सक्दिन । मलाई आफ्नो परिवार र सन्तान झैं गरी माया र स्नेह दिएर आफैंसंग राख्नुहुने आदारणीय दाइ, तमू धीं यूकेका पूर्वअध्यक्ष एवम् ग्रेटर रश्मुर नेपाली कम्युनिटीका संस्थापक कार्यबाहक अध्यक्ष रामचन्द्र गुरुङ र तमू धीं यूके आमा समूह पूर्वअध्यक्ष आदारणीय भाउजू पवित्राप्रति ऋणी छु । छोरी सृजना र छोरा सरुनको आदार अनि दाइ (भाउजू पवित्राको दाइ) को मायाप्रति आभारी छु ।

बेलायतको अल्डरशट रहँदा वा बाहिर रहँदा पनि मेरो हरेक कुरामा ख्याल राख्नुहुने, मेरो आवश्यकतालाई पूरा गरिदिनुहुने एनआरएन आइसीसी सदस्य समेत रहनुभएका गोर्खा ट्राभल्सका सञ्चालक आदारणीय दाइ दिलरास गुरुङ र भाउजू शोभा साथै छोरीहरु अनिता र संगीताप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दछु ।

संस्थागत रुपमा तमू धीं यूके साथै तमू धीं यूकेका अध्यक्ष आदारणीय दाइ जुमकाजी गुरुङ, आमा अध्यक्ष आदारणीय भाउजू कमलादेवी गुरुङको माया र स्नेहप्रति हार्दिक आभार व्यक्त गर्दछु । लमजुङ समाज यूके साथै अध्यक्ष आदारणीय दाइ पूर्णराज गुरुङ, आमा अध्यक्ष आदारणीय भाउजू तारा गुरुङ, तमू प्ये ल्हु संघ यूके साथै अध्यक्ष आदारणीय दाइ डेमबहादुर गुरुङ, आमा अध्यक्ष, बाघेता समाज, अध्यक्ष आदारणीय दाइ सुब गुरुङ, तमू कलाकार सांस्कृतिक मञ्च, क्रोंम्छैं–त्होर्जे–थिम्चे भाइखलक र अध्यक्ष आदारणीय दाइ हर्क गुरुङ र आदारणीय दाइ सोम त्होर्जे गुरुङ, क्वोंने (घोताने–घोण्डे) चेलीबेटी परिवार र अध्यक्ष लिना गुरुङ साथै नेपाल पत्रकार महासंघ यूके शाखा र अध्यक्ष विमला सेनेलगायत सिंगो पत्रकार महासंघप्रति आभारी छु ।

विशेष गरी मेरो गाउँले समाज भुजुङ समाज यूके परिवार, आदारणीय दाइ खमिरजङ गुरुङ र दिदी कमला, आदारणीय दाइ टेक गुरुङ र दिदी नन्दा, पुज्यनीय सम्शेर गुरुङ बाजे, दाइ पदम गुरुङसहित मलाई माया, स्नेह र सहयोग गर्नुहुने आदारणीय काकाकाकीहरु, दाजुभाइ, दिदीबहिनीहरु उपेन्द्र गुरुङ, कालीमाया गुरुङ, भीम गुरुङ र विद्या गुरुङ, ज्योतिमान गुरुङ, प्रेम गुरुङ, यम गुरुङ र अर्पणा गुरुङ, गोविन्द गुरुङ र जेनी गुरुङ, विवेक गुरुङ र नम्रता गुरुङलगायत समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दछु । यस्तै, आदारणीय दाइ नेत्रराज घले (घलेगाउँ) प्रति आभारी छु ।

मलाई माया र स्नेह दिनुहुने आदारणीय दिदी दिलमाया गुरुङ (पसगाउँ), भेना नन्दप्रसाद गुरुङ, दाइ प्रेमराज गुरुङ र दिदी बिनु गुरुङ, बाबु बिराज, दिदी हेलिसा र भेना खेम गुरुङप्रति धेरै आभार धन्यवाद व्यक्त गर्दछु ।

यस्तै, गुरुङ सेनेक्षेत्रमा आफ्नो छुट्टै पहिचान जमाउन सफल मेरो अनन्य मित्र, सोल्टी, पानस नेपाली रेष्टुरेन्टका सञ्चालक विमल गुरुङप्रति धेरै धेरै आभारी छु । चौतारी क्याफे एन्ड रेष्टुरेन्टका भाइ कविर बोम्जन, पानस रेष्टुरेन्टका गुरुङ भाइ, चौतारीकी आँचललगायत भान्जीहरु, डी लन्जका सञ्चालक आदारणीय तुलाराम गुरुङ दाइ, ठमेल दोहोरी एण्ड ढिँडो घरका मित्र मनसुधन थापामगर, उम्रो क्लोथिङका सञ्चालक शन्तबहादुर गुरुङ र भाउजू रुपमायाप्रति आभारी छु । साथै एनआरएन आइसीसी सल्लाहकार, गोर्खा प्यालेसका सञ्चालक आदारणीय दाइ सूर्य गुरुङप्रति आभार व्यक्त गर्न चाहन्छु ।

यस्तै, आदारणीय दाइ गोर्खामेजर नारायण भण्डारी र भाउजू मिरा, आदारणीय दाइ यम घले, भाउजू माया, दिदी हेमा, भान्जी लनिशा र भतिज ओविनप्रति हार्दिक कृतज्ञता आभार व्यक्त गर्दछु । आदारणीय दाइ मेजर अम्बर गुरुङ, क्या. हितमान गुरुङ, पसगाउँ घर भइ हाल अल्डरशट बस्नुहुने आदारणीय दाइ दिनेश गुरुङ, आदारणीय दिदीहरु मिनकाशी गुरुङ र मोमाया गुरुङप्रति धेरै धेरै आभारी छु ।

आदारणीय दाइहरु तमू धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एनआरएन यूके अध्यक्ष एवम् तमू धीं यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ र भाउजू, पूर्वअध्यक्ष नन्दजंग गुरुङ र भाउजू, पूर्वअध्यक्ष ज्ञाम गुरुङ र भाउजू, समाजसेवी आदारणीय दाइ राजशान्ति सुनार र भाउजू, बाचाबन्धन गोरे गुरुङ दाइ, आदारणीय दाइ जित गुरुङ र भाउजू, आदारणीय दाइ तर्कजङ गुरुङ र भाउजू, आदारणीय दाइ कमल गुरुङ (तमू धीं यूके उपाध्यक्ष) प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

प्यारी छोरी, गुरुङ फिल्म मैंरिमोकी नायिका सेसुवा गुरुङ र ज्वाइँ, पसगाउँका दाइहरु युनिल पूर्णचन्द्र गुरुङ, डा. तुलाचन्द्र गुरुङ, सरोज घले (घलेगाउँ) प्रति आभार व्यक्त गर्दछु ।,

पुज्यनीय आमा नन्दकुमारी गुरुङ (दिलरास दाइको आमा), दिदी शान्ति गुरुङ, आमा चन्द्रकुमारी गुरुङ (कास्की मौजा मोहोरिया), बाबा धनबहादुर गुरुङ डब्ल्यूओटी र आमा काशीदेवी गुरुङ (सुन्दरबजार), गोर्खा आमा समूह र अध्यक्ष धनमाया गुरुङ, पदाधिकारी र सदस्यहरु साथै बाजे तेजबहादुर गुरुङ र बज्यै चिनीमाया गुरुङ (लमजुङ), घनपोखराका बाजे गम्बिर गुरुङ र बज्यैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

तमू धीं यूकेका वरिष्ठ उपाध्यक्ष आदारणीय दाइ परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, पूर्वअध्यक्ष हरि गुरुङ, तमू धीं यूके खेल संयोजक आदारणीय दाइ दीपक घले, तमू फोरमका अध्यक्ष एवम् त्रिभाषीय लेखन संयोजक आदाराणीय राजु गुरुङ दाइ, साहित्यकार गोमा राना, ग्रेटर रश्मूर नेपाली कम्युनिटीका वर्तमान अध्यक्ष लिला सेलिङ माबो लिम्बू, महासचिव सुनिल राना, कोषाध्यक्ष श्याम श्रेष्ठ, क्वोने (घोताने–घोण्डे) तमू (गुरुङ) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, निवर्तमान अध्यक्ष कुसाङ गुरुङ, गोर्खा किचनका सञ्चालक भीम गुरुङ दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

बेलायतमा भेटिएका आदारणीय दाइ गायक तिलक गुरुङ, साथी रनबहादुर घले, साथी मञ्जु गुरुङ, प्यारो भाइ प्रितम गुरुङ, प्यारो भाइहरु गोपाल गुरुङ, प्रविन गुरुङ र साथीहरुहरुप्रति आभारी छु ।

बाघेता समाज यूकेका निवर्तमान अध्यक्ष आदारणीय दाइ क्या. देव घले र भाउजू तुलसी, संस्थापक अध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष प्रेम गुरुङ (आच्यों), सचिव तेज घले, कोषाध्यक्ष सुरेन्द्र घले, आदारणीय दाइहरु विश्वजङ गुरुङ, कालीबहादुर गुरुङ, आमा समूह अध्यक्ष दिलमाया गुरुङसहित पदाधिकारीप्रति आभार व्यक्त गर्दछु ।
लमजुङ ६ गाउँ समाजका आदारणीय दाइहरु ओमेन्द्र गुरुङ, चन्द्र गुरुङ, श्रीप्रसाद गुरुङ, साधुराम गुरुङलगायत आदारणीय दाइ दिदीहरु, भाउजूहरु, साथीहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।

क्रोंम्छैं–त्होर्जे–थिम्चे भाइखलकका आदारणीय दाइहरु मेजर लोकबहादुर गुरुङ, सूर्य गुरुङ, आसबहादुर गुरुङ, जितबहादुर गुरुङलगायत दाइहरुप्रति आभारी छु ।
तमू प्ये ल्हु संघका सचिव आदारणीय सोल्टी भेगबहादुर गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, आमा समूह अध्यक्ष वविता गुरुङ, सोल्डी डम्बर गुरुङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

लमजुङ समाज यूकेका आदारणीय दाइहरु निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, उपाध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष माला घले, आमा निवर्तमान अध्यक्ष गोमा गुरुङ, आदारणीय कृश गुरुङलगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दछु ।

तमू कलाकार साँस्कृतिक मञ्चका निवर्तमान अध्यक्ष अध्यक्ष आदारणीय पदमराज गुरुङ दाइ, संस्थापक अध्यक्ष सूर्य गुरुङ, वर्तमान अध्यक्ष कृष्ण गुरुङ, नीता गुरुङ बैनीसहित पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

बीसीसी गुम्बा र गुम्बाका प्रवन्धक पूर्ण गुरुङ, रिडिङ गुम्बा, शिव मन्दिर र मन्दिरका अध्यक्ष विक्रम भट्टराई, आदारणीय दाइहरु रोहित गुरुङ, मिनबहादुर गुरुङलगायत सवै
दाइहरुप्रति आभार व्यक्त गर्दछु ।

गोर्खा मिडियाका प्रवन्ध निर्देशक आदारणीय दाइ मिलन गुरुङ, एभरेष्ट टाइम्सका आदारणीय दाइ एसके गुरुङ, साथी नवीन पोखरेल, बीएफबीएस गोर्खा रेडियो यूके परिवारप्रति आभारी छु ।

गोर्खा कपको अतिथिमा पाल्नुहुने तमू धीं नेपालका अध्यक्ष आदारणीय दाइ हुमबहादुर गुरुङसंग पनि भेट भयो । यस्तै, तमू प्ये ल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष आदारणीय सोल्टी एकजङ गुरुङसंग पनि भेट भयो, सोल्टी र उहाँको छोराबुहारीलाई पनि धेरै धेरै आभार व्यक्त गर्दछु ।

बेलायत रहेकै बखत संयोगले भेटिएका लमजुङका धरोहर सावित्रा भण्डारी (साम्बा) र राजु परियार, गायिका कलाकार शिला आले, पवित्रा गुरुङ, विमला गुरुङ, प्रिया गुरुङ, देवी आले, गायक कलाकार आश्रम गुरुङ, सुरेन्द्र गुरुङ, विमल परियार, शितल गुरुङ, आरसी पौडेल, प्रसाद खप्तडी मगर, भूपू सैनिक आवासीय मावि बेंसीशहरका प्रिन्सीपल विनोद गुरुङ र विद्यार्थीहरु भाइबैनीहरु, विद्यालयका संस्थापक अध्यक्ष क्या. रनबहादुर गुरुङ र बज्यैलाई भेट्ने अवसर मिल्यो, ज्यादै खुसी लागेको छ, हार्दिक आभार व्यक्त गर्दछु ।

लेख्दा लेख्दै अलि लामो हुन गएछ, यसमा माफी चाहन्छु । बेलायत रहँदा–बस्दा अझै धेरै दाइदिदीहरु मसंग भेट हुनुभएको छ । मैले तपाइँको नाम उल्लेख गर्दा पक्कै पनि तलमाथि भएको हुन सक्छ, कसैको नाम छुट्न सक्छ, पदीय दायित्वले तलमाथि हुन सक्छ, कृपया मलाई माफ गर्नुहोला । कतिपयको नाम छुटेका होलान्, जानीजानी छुटाएको होइन । मलाई सच्याउने मौका दिनुहोस् । तपाइँ सवैसंगको भेट, सहयोग, समन्वय, सहकार्य, स्नेह, माया र आशीर्वाद लिएर फर्किएको छु, फेरी भेट्ने बाचासहित । सबैमा साइनो अनुसारको सेवाढोग अनि सम्झना । देशप्रतिको माया कहिल्यै नभुल्नुहोला । धन्यवाद ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!