बेलायतवासी साहित्यकार हितानको ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

SHARE:

काठमाडौँ ६ जून २०२५ । गैरआवासीय नेपाली सङ्घले विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई २०७९[divide] सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

काठमाडौंमा शुक्रबार ६ जून २०२५ मा एक समारोहबीच प्रसिद्ध साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले लेखक हितानलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार राशि २ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिन्छ ।

२०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास-‘लाहुरेको रेलिमाई’लाई प्रदान गर्ने निर्णय भएको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!