मिलन तमु
अल्डरसट । मर्दिखोला समाज युकेले विविध बिषयमा छलफल गरेको छ । गत ७ अक्टोबरका आइतबारका दिन अल्डरसटस्थित माइतीघरमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले सो छलफल गरेको हो ।
आमा समूह लगायतको बाक्लो उपस्थिति रहेको बैठकलाई समाजका अध्यक्ष धर्म गुरुङ, आमा समूहकी अध्यक्ष जगन कुमारी गुरूङ, निवर्तमान अध्यक्ष हिरामान गुरुङ, आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङ र वरिष्ठ सल्लाहकारबाट दीप प्रज्वलन गर्दै सुरू गरिएको थियो ।
बैठकमा हालसम्म समाजका नेतृत्व गर्दै अध्यक्षबाट भएका कार्यहरूका साथै समाजको गतिविधिको बारेमा महासचिव सुन्दर गुरुङले अवगत गराएका थिए । बैठकमा भावी योजनाहरूको बारेमा व्यापक छलफल गरिएको थियो । त्यस्तै, बैठकले १० अगस्ट २०१९ मा आगामी समर भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकको अन्त्यमा अध्यक्ष धर्म गुरूङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गरेका थिए । समाजका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा बसेको बैठकलाई सचिव सुन्दर गुरुङले सञ्चालन गरेका थिए ।






