खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र संघर्ष

SHARE:

काठमाडौं, असार १ गते । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो।

सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ तयार पारिएको छ।

प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरेका हुन्। उहाँले भूटानबाट निर्वासित भएको पुस्ताले जीवनभर संघर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गरेकी छन्।

साहित्यकार खगिन्द्रा खुशीले झापा र मोरङका शरणार्थी शिविरमा रहँदा भूटानी शरणार्थीले भोगेका असीमित पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको बताएकी छन्।

उपन्यास प्रकाशक संस्था विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ उपन्यासले भूटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका संघर्षका दिन स्मरण गराएको बताए। ‘आफ्नै देशबाट थातथलो छोडेर हिँड्नुपर्दा कस्तो हुन्छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ । यो उपन्यासले संघर्षका ती दिन झलझली सम्झायो । नेपाली साहित्यका क्षेत्रमा खुशीको गाउँ उपन्यास नवीन शैलीको कीर्तिका रुपमा स्थापित हुनेछ,’ गुरुङले भने।

कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे तथा साहित्यिक श्रष्टाहरू प्रकाश आङ्देम्बे, गोपाल पौडेल, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले उपन्यास ‘खुशीको गाउँ’सँगै अन्य कीर्तिको समीक्षा गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!