अन्तराष्ट्रिय नेपाली साहित्य समाजको छैटौं सम्मेलन वेल्जियममा हुने

SHARE:

चिम्खोले काईला – बेलायत ।

सनिवार २१ जुन २०२५ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास} को छैटौं सम्मेलन वेल्जियममा हुने भएको छ। अनेसास वेल्जियम च्याप्टरले सम्मेलनको लागि आयोजकको जिम्मेवारी पाएको छ।

अनेसासको कार्यतालिका अनुसार आइतवार २२ जुन २०२५ का वेलुकी ५ बजे विश्वका बिभिन्न मुलुकवाट सम्मेलनमा भाग लिन आएका साहित्यकारहरुलाई स्वागत गरिने कार्यक्रम रहेको छ।

सोमवार २३ जुन २०२५ का दिउसो ठिक १२ बजे औपचारिक रुपमा अनेसासको छैटौं समुद्धघाटन हुनेछ। समुद्धघाटन कार्यक्रमपछि क्रमश: अनेसासका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिने भएको छ।

सोहिदिन अनेसास वेल्जियम च्याप्टरले आफ्नो विशेष कार्यकम प्रस्तुत गर्ने छ भने अन्त्यमा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

मंगलवार २४ जुन २०२५ का दिन अनेसासका बिभिन्न देशका च्याप्टर हरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि संस्थाका ट्रष्टी पदम विश्वकर्माले अनेसासको वारेमा आफ्नो मन्तब्य राख्ने छन्।

सोहिदिन अनेसास केन्द्रले आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि २ वटा अनुसन्धानात्मक पेपरहरु प्रस्तुत गरिने छ। अन्त्यमा उपस्थित साहित्यकारहरुका मनोरन्जनका लागि गजल साँझ हुने भएको छ।

वुधवार २५ जुन २०२५ का दिन सम्मेलनमा भाग लिन आएका साहित्यकारहरुद्वारा लिखित पुस्तकहरुको विमोचन हुने छ। विमोचन कार्यक्रममा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीद्वारा लिखित “युरोपेली नेपाली स्रष्टा” नामक पुस्तकको विमोचन हुनेछ।

त्यसपछि वेष्ट च्याप्टर अवार्ड सम्मान, कविता वाचन, सम्मेलन समापन भएको घोषणा हुनेछ भने अन्त्यमा स्थानीय कलाकारहरुवाट सांस्कृतक कार्यक्रम प्रस्तुत हुनेभएको छ।

अन्त्यमा बिहिवार २६ र शुक्रवार २७ जुन २०२५ का दिन वेल्जियमका बिभिन्न स्थानहरुमा साहित्य भ्रमण हुने भएको छ।

छैटौं सम्मेलनका लागि अनेसास बेलायत च्याप्टरवाट अध्यक्ष राज श्रेष्ठ, साहित्यकारहरु विसन थापा मगर, कुमार केसी, प्रतिमा केसी, रघु भण्डारी, गङ्गा भण्डारी र दुत पुन (चिम्खोले काइला) सहभागी हुने जानकारी अध्यक्ष श्रेष्ठले बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!