बेलायतमा विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा गठन

SHARE:

लन्डन २२ जून २०२५ । साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा गठन गरिएको छ ।

नेपाली भाषा, साहित्य र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित २१ जून २०२५ मा श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा महासंघका पूर्वाध्यक्ष विश्वसदीप तिगेलाको प्रमुख आतिथ्य तथा केन्द्रीय उपाध्यक्ष विजय हितानको विशेष आतिथ्यता रहेको थियो ।

नवगठित कार्यसमिति अध्यक्षः भरतकुमार श्रेष्ठ “विवश”, उपाध्यक्ष बाबुराम भुषाल “शिल”, प्राध्यापक डा. ओम कुर्मी, हरिशचन्द्र नेपाली, सचिब प्राध्यापक डा. प्रदिप लामिछाने, उपसचिव ललित परियार र कोषाध्यक्ष कल्पना दाहाल चयन भएका छन् ।

सदस्यहरुमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल, कला पोखरेल छन् ।

सल्लाहकारमा कथाकार, निवन्धकार, कवि एवम् गजलकार
डा.टिका भण्डारी र गजलकार डा.सुधा शाही चयन भए ।

नवगठित समितिलाई विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थाहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । शाखाले निकट भविष्यमा विविध साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । नयाँ कार्यसमितिको कार्यकाल २०२५–२०२७ को हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!