अनेसासको स्वागत तथा परिचायत्मक कार्यक्रम सम्पन्न

SHARE:

 

आइतवार २२ जुन २०२५ वेल्जियम। अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) को स्वागत तथा परिचायत्मक कार्यक्रम वेल्जियमको आनट्रप शहरमा सम्पन्न भएको छ।

स्वागत तथा परिचायत्मक कार्यक्रम अनेसास केन्द्रको भएतापनि उक्त कार्यक्रम आयोजना गर्ने जिम्मेवारी अनेसास वेल्जियम च्याप्टरले लिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा विश्वभरवाट बेल्जियममा उपस्थित भएका साहित्यकारहरुले आ-आफ्नो परिचय दिएका छन् भने साहित्यकारहरु सुसन वर्देवा, एनबी अन्जान, प्रकाश खड्का, नारायण अधिकारी, सुदिप भद्र खनाल र प्रतिमा केसीले गजल तथा कविता वाचन गरेका छन्।

त्यस्तै हरिमाया अधिकारी खतिवडा र महेश्वर पन्तले आ-आफ्नो गजल प्रस्तुत गरेर उपस्थित साहित्यकारहरुलाई मन्त्रमुग्ध बनाएका छन् भने सागर खतिवडाले वाध्यवाधकमा साथ दिएका छन्।

अनौपाचारिक कार्यक्रम भनिएतापनि अनेसास वेल्जियम च्याप्टरका अध्यक्ष सौरब काररंजितले उपस्थित सम्पूर्ण साहित्यकारहरुलाई स्वागत गरेका छन् भने महासचिब गोपाल दाहालले कार्यक्रम संचालन गरेका छन्।

स्वागत तथा परिचायत्मक कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड ओफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, सल्लाहकार जीवा लामिछाने, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुबेदी, उपाध्यक्ष अमेरिका सुदिप भद्र खनाल, अनेसासका अध्यक्षहरु राज श्रेष्ठ बेलायत, एनबी अन्जान पोर्चुगल, सुसन वर्देवा पोल्याण्ड, पुर्व उपाध्यक्ष सुरेन्द्र उप्रेती क्यानाडा, वरिष्ठ उपाध्यक्ष प्रकाश खड्का बोस्टन र महासचिब प्रतिक रावलको उपस्थिति रहेको छ।

त्यस्तै भारत तथा सिक्किमवाट साहित्यकारहरु प्रोफेसर डा. कविता लामा, प्रोफेसर पुष्पा शर्मा र प्रोफेसर उषा शर्मालगायत बिभिन्न देशका साहित्यकारहरुको वाख्लो उपस्थिति रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!