बेलायतसहित युरोपभरका मनोक्रान्तिप्रेमीलाई आइतबार डा. योगी विकाशानन्दले प्रवचन दिने

SHARE:

लन्डन १ जुलाई २०२५ । बेलायतलगायत युरोपभर रहेका मनोक्रान्तिप्रेमी नेपालीका लागि डा. योगी विकाशानन्दले आउँदो आइतबार (जुलाई ६) मा जुममार्फत मनोक्रान्ति प्रवचन, ध्यान साधना गराउने भएका छन् ।

मनोक्रान्ति टिम युकेको आयोजनामा हुने कार्यक्रम यूके समयअनुसार बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुने टिम लिडर नगेन्द्रराज नेम्वाङले जानकारी दिए । उनका अनुसार प्रवचन कार्यक्रम निःशुल्क हुनेछ । यसरी नै हरेक महिनामा दुई पटक नियमित रूपमा प्रवचन सञ्चालन गरिने पनि उनले बताए ।

मनोक्रान्ति प्रवचनमार्फत मानसिक शुद्धि, भावनात्मक सन्तुलन र आध्यात्मिक चेतनाको अभ्यास गराइने टिमले जनाएको छ । आयोजक टिमले युरोपभर छरिएर रहेका सबै नेपालीलाई समयमै जोडिन अनुरोध गरेको छ । उक्त प्रवचन र साधनामा सहभागी हुन इच्छुकका लागि जुम आईडी र पासकोड समेत उपलब्ध गराइएको छ ।
Zoom ID: 999 628 5923
Passcode: 999

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!