पाकिस्तानी कलब हङकङमा राजकुमार राईकृत उपन्यास किवाहाङको विमर्श भब्य विमर्श भएको छ। कार्यक्रममा प्रमुख अथिति डा. पुरण राईले उपन्यास समाजशास्त्रीय, राजनीति र संस्कृति पक्षको दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण रहेको देखाउन खोजीएको वताएका छन् ।
विशिष्ट अथिति नेपाली महासंघका उपाध्यक्ष नविन सुवाहाङले राजकुमार राई नेपालमा वस्नु भएकोभए एउटा पाटीको मान्छे मन्त्री भएर भ्रष्टाचार पनि गर्नु हुन थियो होला ? राजनीति र देश छोडेर हडकड आउनु भएर समाजिक र साहित्यिक कर्म मा साब्लाबुङ( शव्दपुष्प) साहित्यिक पत्रिका नेपालमा पुस्तकालय अभियान अहिले सम्म नलेखिएको बिषय मा किबाहाड जस्तो पठनीय उपन्यास लेखेर सवै नेपाली को हुनू भएको वताए । पुस्तकका समीक्षाक बज्रकुमार राईले अध्ययन-अनुसन्धानकर्ता तथा शोधार्थीहरुका निम्ति अति उपयोगी हुनेछ ।
पुस्तकभित्र धेरै कुराहरू छन् । खोजीखोजी पढ्नुहोस भने समीक्षाक चन्द्र मादेन आन्छनले लाहुरेहरू ले विभिन्न मुलुकमा गरेका सघर्ष भोगाईहरू किराँत संस्कृति नेपाल र ब्रिटिश ले गरेको विभेद मिहिन रूपमा आएको वताए । चिनिया राई शव्दहरू आगन्तुक भाषा र १६/ १७/ २५/ २६ जस्तो लाहुरेहरू ले प्रयोग गर्ने सम्वेधन हरू आएको वताए
लेखक राजकुमार राईले वर्तमान पठकहरू माया प्रेम घनिगरिब यौन कुण्ठहरू रूचि राख्दैन पठक साहित्य पढ्दै गर्दा आफुले नसुनेका नभोगेका नदेखेका बिषयहरूमा पठन रूचि राख्ने गर्छ । साहित्य मनोरंजन बौद्धिक विलास वाट माथी उठेर लेख्नु पर्छ भन्ने आफ्नो बिचार भएको ले किबाहाड लेखेको हु ।
ब्रिटिस गोर्खाहरू को युद्ध इतिहास विश्वले सुनेका देखेका लेखेका छन तर सित्तैमा किन लाहुरेहरू को रगत वगाउनु परेको कथा लेखिएन । गोर्खाहरू को जीवन सांस्कृतिक पिडा ब्रिटिश र तत्कालीन नेपाल सरकारले गरेको अमनाविय विभेद शोषण लेखिएको लुकाइएको छ । भबिपुस्ताले पनि बुझुन भनेर लेखेको हु किवाहाङ आज उपन्यास मात्र होला यथार्थ मा लेखिएकोले भबिश्य मा इतिहास पनि परिवर्तन हुन सक्छ भने ।
लाहुरेहरू ले सात दशक अगाडि नेपाल मा समाजिक परिवर्तन गर्न खेलेको भुमिका लेखिएन किवाहाङ मा गोर्खाहरु को इतिहास मात्र छैन विश्व युद्ध पछि नेपाल लगायत विभिन्न देश का आर्थिक समाजिक जनजीवन युद्ध परेका घाउ हरू पनि छ भने । आफुले नेपाल का दुर्गम गाँउ हरू मा पुस्तकालय अभियान चलाई रहेको प्रशंगमा पसिनाको कमाई खर्च गरी रहेछु आफ्नो साथै श्रीमती ,छोरी , ज्वाँई ले पनि सहयोग गरी रहेका छन तर मान्छेहरू ले राम्रो काम गर्दा पनि खुट्टा तानेकोमा दुख लाग्छ २२ स्थनमा पुस्तकालय स्थापना गर्दा ७६ लाख खर्च आफ्नो पसिनाको कमाई सगै ९ बर्ष वाट मासिक १५ हज़ार घर भाँडा आउने घर अभियान को अफिस मा निःशुल्क दिइ रहेछु । १७ लाख जति लेखकहरू वाट पुस्तक सहयोग प्राप्त भएको वताए ।
कार्यक्रममा साबाल्बुङ पुस्तकालय अभियान र अभिलेखलयले संयुक्त रूपमा हङकङ मा नेपाली समुदाय मा विभिन्न बिधामा योगदान गर्ने व्यति र संस्था हरू लाई सम्मान पत्र प्रदान गरिएको थियो ।
१. खेलकूद हेम पुन सितोरियो कराते
२. साहित्य रामकृष्ण वान्तवा
३. स्वास्थ्य डा टिका राना
४. पत्रकारिता जगत वहादुर गुरूङ
५. सांस्कृतिक किराँत राई योयाक्खा
६. वातावरण
यसै गरी साबिल पुस्तकालय अभियान ले अभियान का सहयोगी हरू लाई सम्मान पत्र प्रदान गर्यो ।
१. डोम राना
२. बिशु सम
३. राजेन्द्र लिम्बु
४. कसित राई
५. गोपाल राई
नेपाली साहित्यिक मा प्रथम पटक हङकङ का स्कुल र युनिभर्सिटी का बिधार्थीहरू पनि उपस्थिति रहेको थियो । साहित्यिककार दाजु गुरूङ र जुनु दिव्य रानाले शुभकामना मन्तव्य जय प्रकाश गुरूङ भाषण रहेको मणि शेखर गुरूङ ले सभा सन्चालन गर्दा कृतिकार का बारे टिप्पणी गर्दै गरेको कार्यक्रम आयोजना संखुवा सभा समाज , साब्लाबुड पुस्तकालय अभियान लेहोरूड युयोड हङकङ नेपाली साहित्यिक साझा सृखला रहेको कार्यक्रम का सभापतित्व सखुवा सभा समाजका अध्यक्ष लिला वहादुर गुरूङले राजकुमार राई संखुवा सभा समाज को अजिवन सदस्य र सल्लाहकार समेत रहेकाले समाजको तर्फवाट कार्यक्रमलाई पाँच हज़ार डलर प्रयोजन गर्ने जानकरी दिदै सभा बिशर्जन गरेका थिय ।








