लन्डन २ जुलाई २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्दै आएको प्रतिष्ठित सुप्रमा–ईप्रमा पुरस्कार २०२५ का लागि पुस्तक आह्वान गरिएको छ ।
नेपाली भाषामा लेखिएको उत्कृष्ट कृति चयन गरी प्रदान गरिने यो पुरस्कारका लागि हालै सार्वजनिक सूचनामार्फत सम्पूर्ण नेपाली साहित्य साधकहरूलाई कृति पठाउन अनुरोध गरिएको हो । पुरस्कारका लागि ई.सं. २०२३ को जुनदेखि २०२५ को मे महिनाभित्र प्रकाशित भएका कुनै पनि विधाको पुस्तक पठाउन सकिनेछ । इच्छुक लेखक, प्रकाशक वा प्रतिनिधिले ती पुस्तकका ३ प्रति २०२५ जुलाई १० (२०७५ असार २५) भित्र पठाइसक्नुपर्नेछ ।
साहित्यिक योगदानको कदरस्वरूप प्रदान गरिने सुप्रमा–ईप्रमा पुरस्कारमा सम्मानपत्रसहित ५०१ स्टर्लिङ पाउन्ड पुरस्कार राशिको व्यवस्था गरिएको अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पुरस्कार समर्पण कार्यक्रम आगामी अगस्टमा लन्डनमा आयोजना गरिने छ ।
पुस्तक पठाउन बेलायतमा अनेसास यूके अध्यक्ष राज श्रेष्ठ र नेपालमा एपेक नेपाल काठमाडौंमा सम्पन्न गर्न सकिने छ ।







