एनआरएनए अध्यक्ष श्रेष्ठको चेतावनी : “विधानको हवाला दिँदै संस्था भाँड्न नखोज”

SHARE:


लन्डन ३ जुलाई २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले बद्री केसी समूहले एनसीसीहरूमा समानान्तर कमिटी बनाएर संघ फुटाउने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन् ।

मंगलबार आइसीसीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले एकताको महाधिवेशनपछि परराष्ट्र मन्त्रालय र फैसला कार्यान्वयन निर्देशनालयबाट वैधानिक पत्र आइसकेकाले संघको केन्द्रीय कार्यालयमा रोकटोक गर्नु उचित नहुने पनि बताएका थिए । उनले आफूहरूले सर्वोच्चको परमादेशअनुसार समिति गठन गरी निर्वाचन सम्पन्न गरेको र कानुनी प्रक्रिया पूरा गरेर वैधानिकता प्राप्त गरिसकेको दाबी गरे । “विधानको नाममा संस्था भाँड्ने, समानान्तर कमिटी बनाउने र भ्रम फैलाउने प्रयास भइरहेको छ,” उनले भने ।

उनले बद्री केसी समूहद्वारा गरिएको पत्राचारलाई खारेज गरिसकेको जनाउँदै एमआइएस प्रणाली बद्रीजीको नियन्त्रणमा भएकाले स्वीकार्न नसकिने र त्यसलाई स्वतन्त्र टिमले हेर्नु पर्ने बताए ।

श्रेष्ठले सबै एनसीसीहरूलाई धैर्य गर्न र सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा गर्न आग्रह गरे । “अहिले हामीले कानुनी बाटोबाट सचिवालयमा काम अघि बढाउनेछौं। पूर्व अध्यक्षहरू चुप नबस्नुस्, स्पष्ट धारणा राख्नुस्,” उनले भने ।

उनले एनआरएनएको उद्देश्य संस्था सुदृढ पार्नु हो, न कि फुटाउनु भन्दै सबैलाई एकताको पक्षमा उभिन आह्वान गरे।

एनआरएनए अभियन्ता आरके शर्माले आफुले गएको ५, ७ बर्ष देखि नै एनसीसी नफुटाउनुहोस भन्दै आएको स्मरण गरे । एनआरएनए आइसीसीका उपाध्यक्ष सुनिल साहले केही साथीहरुले संस्था अनावश्यक तरिकाले कब्जा गरेको बताए ।

एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले एनसीसीहरु स्वायत्त छन् भन्दै एनआरएनएको नाउँमा बद्री केसीको टिमले विभाजन ल्याउने काम गरेकोमा त्यस प्रति खेद व्यक्त गरे ।

एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष केशव पौडेलले एनआरएनए आन्दोलनको २२–२३ वर्षको अवधिमा विगत केही समयदेखि खराब अवस्थाबाट गुज्री रहेको बताए ।

एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटाले वैधानिक हिसाबले निर्वाचित एनसीसी बेल्जियमको कार्य समितिलाई बर्खास्त गर्ने अधिकार केसी समूहलाई न भएको बताइन् । उनले एनसीसी बेल्जियमका ८० प्रतिशत सदस्य एकताको पक्ष रहेको भन्दै आफ्नो श्रोत र साधनले भ्याए सम्म जाजरकोटमा स्कुल बनाउने, स्थानीय समुदायलाई सेवा गर्ने लगायतका सामाजिक काम गरि रहेको बेला संस्था फुटाउने काम गरेको भन्दै खेद व्यक्त गरिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!