पुस्तक समीक्षा : आजका स्वरहरू कवितासंग्रह

SHARE:

पुस्कर भट्ट
वर्तमान नेपालको एकनम्बर प्रदेशअन्तर्गत पर्ने पाँचथर जिल्लाको साविक सुभाङ गाउँ विकास समिति वडानम्बर चारमा सुरेन उप्रेतीको जन्म भएको हो । माता नयनकला निर्मला र पिता प्रेमप्रसाद उप्रेतीका नौजना सन्तानमध्येका आठौ सन्तानका रूपमा श्री उप्रेतीको मार्च २५,१९६९मा जन्म भएको थियो । जन्मस्थानमै बाल्यकाल बिते पनि धरान शिक्षा निकेतनबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उप्रेतीले इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभयो । महेन्द्र क्याम्पस धरानबाट नेपाली विषयमा स्नातक गर्नुभयो । त्यस्तै गरी पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँ विगत २२ वर्षदेखि क्यानडामा बस्दै आउनु भएको छ ।

नेपाली साहित्यमा कविता लेखनबाट आफ्नो यात्रा शुरू गर्नु भएका उप्रेतीले कथा निबन्ध यात्रा संस्मरण मुक्तक गजल गीतहरूमा कलम चलाउनु भएको छ । उहाँका एक दर्जन जती गीतहरू बजारमा आईसकेका छन् । पढ्न जान मन छ, अक्षरहरू फूलका थुँगा, सानो मुने, गाई , झलमल गर्ने तारा, कलम भन्छ जस्ता बालगीतहरूमा सनुप पौडेलको संगीतमा रहेका छन् । जन्म दिनको शुभकामना दाइजो भेरी नदी सुसायो अमर प्रेम बाबा जस्ता गीतहरूमा निशा देशार नारायण ओली र बानीका प्रधान खड्ग न्यौपाने हरि उदासी प्रमोद खरेल जस्ता गायक गायिकादे स्वर दिएका छन् । बधशालाको डिस्को धुन निबन्धसंग्रह आजका स्वरहरू कवितासंग्रह अनन्ता यात्रा कवितासंग्रह र प्रेयशी रोवोट डायस्पोरिक कवितासंग्रह रहेका छन् ।

बालसाहित्यमा अजम्बरी माया पछुतो आकाशे परी सगरमाथाकी छोरी एकान्त बास देश हराएको मान्छे जस्ता बालकवितासंग्रहहरू प्रकाशित भएका छन् । झिलिमिली तारा बाल गीतसंग्रह छ भने नेपालका सान भन्ने जीवनीसंग्रह प्रकाशित भएका छन् । विगत बाइस वर्षदेखि क्यानडामा बस्दै आउनुभएका उप्रेतीले एक दर्जन जति पुस्तकहरूको सम्पादन गर्नु भएको छ । कक्षा एकदेखि कक्षा चारसम्मको नेपाली भाषा पुस्तक प्रवासमा नेपाली शिक्षा भाग एक र कक्षा ५ देखि ८ सम्मका लागी प्रवासमा नेपाली शिक्षा भाग दुई पुस्तक प्रकाशन गर्नुभएको छ ।

एनआरएन क्यानडाको उपाध्यक्ष र एनआरएन आइसिसिको भाषा साहित्य सस्कृति र सम्पदा बिभागको उत्तरअमेरिकाको सँयोजक भएर काम गर्नु भएको छ । अन्तर्देशिय कथाहरु द डिस्टेण्ट सन रेज सम्झनामा कृष्णप्रसाद श्रेष्ठ प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनको स्मारिका एनआरएन क्यानडाको स्मारिका डायस्पोरामा नेपाली सँस्कृति र सम्पदा लकडाउनको डायरी जस्ता साहित्यिक कृतिहरूको सम्पादन गर्नु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाको सँस्थापक अध्यक्ष र सल्लाहकार भएर नेपाली भाषा कक्षामा चार वर्षसम्म पठनपाठन गर।उनु भयो । २००६ देखि २००८ सम्म अनेसासको केन्द्रिय महासचिव भएर नेपाली भाषा र साहित्यमा योगदान गर्नुभयो । सोही समयमा प्रतिध्वनी भाग एक र भाग दुई साहित्यिक पुस्तकहरू सम्पादन तथा प्रकाशन गर्नुभयो ।

आज यसलेखमा श्री उप्रेतीको पहिलो प्रकाशित कृति आजका स्वरहरू कवितासंग्रहलाई पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गर्दछु । आजका स्वरहरू कवितासंग्रह २०५३ चैत्रमा प्रकाशित कवितासंग्रह हो । यससंग्रहमा बिभिन्न शीर्षकहरूमा लेखिएका ४८वटा कविताहरू संग्रहित छन् । यसको आवरणको डिजायन जिडी (गंगाधर) सारूले गर्नु भएको छ । यस पुस्तकको प्रकाशक भने कवि सुरेन उप्रेतीकी दिदी तारा उप्रेती रहनु भएको छ । कविताहरूको समिक्षामा बरिष्ठ साहित्यकार समालोचक स्वर्गिय गोविन्द भट्टले गर्नु भएको छ ।

पहिलो कविता शुभकामना छ तिमीलाई शीर्षकको कविता रहेको छ । तात्कालिन समयमा भएका बेथिति बिसंगति र बिक्रितिलाई विषयबस्तु बनाएर लेखेको यो कविता आज पनि उत्तिकै सान्दर्भिक लाग्दछ ।

निजीकरणको नाममा
बेरोजगारीको खेती लगाउँदै
महँगी फलाएर नाफा बाँडेको बेला

जस्ता कविताका पंङ्तीले यो भर्खरै लेखिएको कविता भन्ने भान हुन्छ ।
शहीत तिमी अमर बन यो दोश्रो कविता हो । यस कवितामा शहीदले देखेका सपनाहरूमा तुषारापात् भएको देख्दा कविको मन बिछिप्त बन्दछ । शहीदको योगदानको परिवर्तकालागि देखेको सपनाको बर्णन गरेको पाइन्छ । त्यस्तै चमेराको बस्ती शीर्षकमा मानविय मूल्य र मान्यतालाई भुलेर शासनहरू भैरहेको भन्दै बिभिन्न जनवार पंक्षीहरूलाई बिम्वकोरूपमा प्रयोग गरेर बिद्रोह र चेतनाको कवितामा विगुल फुकिएको छ । अर्को हो यो प्रजातन्त्र के नामक कवितामा व्यवहरा चैँ झन निरंकुश हुने भ्रष्टाचार अन्याय अत्याचारमात्र हुने भए प्रजातन्त्र नामले मात्र के हुने रहेछ र भन्दै कवि आक्रोश पोख्दछन् । अर्को कविता सूर्य यहाँ उदाउँछ शीर्षकमा कविले सुनौलो नेपालको परिकल्पना गर्दछन् । यी बिभेदका खाडलहरू पुरिने छन । सबैले सम्मान पूर्वक बाँच्न पाउनेछन् ।खान र लाउनका लागि मानिसले छट्पटाएर भौँतारिनु पर्नेछैन जस्ता दिनको कल्पना गरिएको छ ।

जातीय भेद चर्कन्न ,भेद नै न त रंगको
देश एक मुठ्ठी हुन्छ, भावना विश्वबन्धुको
आलस्यले महल छोडी, लाखापाखा लगाउँछ ।
दिन एक सफा हुन्छ, सूर्य यहाँ उदाउँछ ।

सामाजिक परिवर्तनका लागि भएका अभियानमा अभियन्ताहरूलाई साथ दिँदै कविले शुभकामना छ तिम्रो अभियानलाई सन्देश दिन्छन् । त्यस्तै जनताका घरदैलोमा पुगेर जनचेतना जगाउने कवि गोकुलजोशी प्रति सम्मानको भावमा कविता लेख्दछन् । त्यस्तै पशुको सवल प्रजातन्त्र शीर्षकमा यसरी कविता लेख्छन्

बाघ भो बाख्राको रक्षक गोठालो त लखेटियो
चिलले कुखुरा रूँग्यो निर्देशन बाजले दियो
ब्वाँसाले विवरण पेस्यो स्वीकृति स्यालले दियो
यसरी पशुका राजमा प्रजातन्त्र सवल बन्यो ।

त्यस्तै देश निसासिरहेको छ, सेलाई सकेछ माटो, सगरमाथा होचियो, सकुनीहरू पाशा थाप्दैछन् , उर्लँदो भेल ,उमस्त निन्द्राबाट एक्कासी बिउँझन्छ, अमर शहीद , सकुनीहरू पाशा थाप्दैछन्, लाम्खुट्ट् उपिँया र उढुसहरू, एकादेशमा, धरतीयो मुक्त गर्नु छ, जस्ता कवितामा राष्ट्रियता सामाजिक विकृति र विसँगतिका बारेमा आवाज उठाइएको छ । देशप्रेमको अथाह उदाहरण प्रस्तुत हुन्छ । राजनैतिक अदुरदृष्टीले देशले भोग्नु परेको दुर्दशालाई चित्रित गरिएको छ ।

यसै गरी नारी, परिचारिका, साना ज्ञानी नानी, सानी छोरी, दशैँ यसरी नै आयो, हिमालकी छोरी ,युवा तिमी ,आमा तिमी हौ, चेली तिमी, असभ्य मान्छे, मानवता हराएछ, कुँडिएको आत्मा ,जस्ता कविताहरूमा सामाजिक मर्यदा पहिचान गर्न नसकेको अवस्था सामाजिक बिभेद जस्ता भावनाले ओत्प्रोत बिचारहरू पाइन्छन् । फिदिमको यूवामेला, ग्रहणलागेको पाँचथर जस्ता कविताले भौगोलिक रमणियता र प्राकृतिक अलौकिकता बार् प्रकाश पारेका छन् । कविका प्रायश सबै कविताहरू बिभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कुरा त्यहाँ प्रस्तुत प्रत्रिका र मितिले प्रष्ट्याउँदछ ।

समालोचक गोविन्द भट्ट भन्नु हुन्छ “श्री सुरेन उप्रेतीका कविताहरू २०४६ पछिको नेपली समाजका जटिल वास्तविकतहरूवीच बाँचिरहर्का एक सम्वेदनशील सचेत सहिदयी युवाका सहज भानात्मक उद्गार हुन् । उहाँको कवि मनआफ्ना वरिपरिका पीडाजनक समस्यहरै यति अलेका छ कि त्यसलाई कल्पनाको जगतबाट भावुकताको विलासमा रमाउने मुर्सद नै छैन । यो कुरा उहाले अँगालेको विषय बस्तुहरूबाटै देख्न सकिन्छ ।“
करिब तीन दशक अगाडि लेखिएका कविताहरू भए पनि उत्तिकै सान्धर्विक र समयसापेक्ष छन् । देशको अवस्था कविले तात्कालिन देखेको भन्दा अझ विकृत हवस्थामा गुज्रिएको छ । कविको कलमले यस्तै कृतिहरू जन्माउँदै जावस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!