लिम्बुवान नागरिक समाज युकेद्वारा काङ्सोरे पुरस्कार यसपटक स्व.ईमानसिं चेम्जोङलाई समर्पण

SHARE:

विजयपुर ९ जुलाई २०२५ । तीन वर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस वर्ष स्वर्गीय ईमानसिं चेम्जोङलाई मरणोपरान्त प्रदान गरिएको छ। लिम्बुवान नागरिक समाज युकेको आयोजनामा धरान–१५ स्थित चुम्लुङ हिममा शनिबार ६ जुलाईमा आयोजित समारोहमा चेम्जोङको योगदानको स्मरण गर्दै पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार स्वर्गीय चेम्जोङका कान्छा छोरा, अवकाशप्राप्त ब्रिगेडियर जनरल मोहनसिं चेम्जोङले ग्रहण गरे । कार्यक्रमका प्रमुख अतिथि, प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले पुरस्कार राशि स्वरूप एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरे ।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्बाङले स्वर्गीय चेम्जोङको जीवन र योगदानमाथि प्रकाश पारेका थिए भने छनोट समितिका सदस्य नरप्रसाद लुम्फुङवाले छनोट प्रक्रियाको विवरण प्रस्तुत गरे ।

कार्यक्रममा वक्ताहरूले चेम्जोङको नेतृत्वमा २००८ मा अखिल लिम्बुवान सुधार संघको स्थापना, दुईपटक प्रतिनिधिमण्डलमार्फत केन्द्रीय सरकारसमक्ष लिम्बुवानका मागहरू प्रस्तुत गरिएको र २०१५ को आमनिर्वाचनमा लिम्बुवानको मुद्दा उठाएर चेम्जोङले भाग लिएको स्मरण गरे।

समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, सदस्य संगीता सुब्बा, सेसेमी सेनाल्बो, हेमराज जिमी, ताजुब लिम्बू, जेन्टल लावती लगायतका व्यक्तित्वहरूले चेम्जोङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्बोधन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष छत्र वनेमले गरेका थिए भने नेपाल प्रतिनिधि तथा सञ्चारकर्मी निलिफा सुब्बाले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रममा थाक्थाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघअन्तर्गतको केलाङ समूहले च्याब्रुङ नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रमको व्यवस्थापन किरात याक्थुङ चुम्लुङ सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो, जसको जानकारी आयोजक समाजका सचिव अमित थेवेले दिएका थिए ।

यसअघि, सन् २०२२ मा पहिलोपटक काङ्सोरे पुरस्कार पान्थर याम्बोङका नेता वीर नेम्वाङलाई याक्थुङ भाषा, सिरिजङ्गा लिपिको प्रचारप्रसार र लिम्बुवान आन्दोलनमा चार दशकभन्दा लामो योगदानको कदरस्वरूप प्रदान गरिएको थियो ।

सन् २००९ मा बेलायतमा स्थापना भएको लिम्बुवान नागरिक समाज युकेले सामाजिक ढङ्गबाट लिम्बुवान स्वायत्तताको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको छ । संस्थाले हरेक तीन वर्षमा लिम्बुवान आन्दोलनमा योगदान पुर्‍याउने एक व्यक्तित्वलाई काङ्सोरे पुरस्कार प्रदान गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!