लन्डन १० जुलाई २०२५ । तमुधिं यूकेकी कार्यसमिति सदस्य तथा समाजसेवी पार्वती गुरुङले यही जुलाई १९ मा हुने ‘रेस फर लाइफ’ कार्यक्रममा भाग लिँदै छिन् ।
माइला-कान्छा अभियान बेलायतकी अभियन्तासमेत रहेकी पार्वतीले तमुधिं यूके आमा समूहको टोलीमार्फत ५ किमी दौडमा भाग लिन लागेकी हुन् । क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा जुलाई १९ मा गिल्डफोर्ड स्टोक पार्क विभिन्न दूरीको दौड हुँदै छ ।
पार्वतीले सके दौडमा सहभागी बनौं नसके सहयोग दिन बिहीबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत अनुरोध गरेकी छन् । ‘हजुरहरुको सानो सहयोगले धेरैलाई जीवन दान गर्न सकिन्छ ।सो आऊनुस् सके दौडमा भाग लिऔं, नसके सानो सहयोग गरौं । आज गुरु पूर्णिमाको दिन सहयोग गरी पुण्य कमाऔं । मेरो दौडमा जोडिनु भई सहयोग गर्नु हुनी हजुरहरुलाई हृदयदेखि धन्यवाद ।’
पार्वतीले जुलाई २ देखि थालेको फन्डराइज्डमा आजसम्म ३५० पाउन्ड संकलन भइसकेको छ । ठूलो रकम सहयोग माग्दा धेरैलाई अप्ठेरो परेको अनुभूति भएकोले आफूले १,२, वा ५ पाउन्ड मात्रै सहयोग गर्न आग्रह गरेको उनले प्रष्ट पारिन् । उनलाई ३२ दाताले सहयोग दिइसकेका छन् ।
पार्बतीले नेपालमा शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोपपीडितलगायतलाई पटक पटक गरी ठूलो धनराशि सहयोग गरिसकेकी छन् । पुरानो ठेगाना अर्जुन चौपारी स्याङ्जा जिल्ला भई घर भई हाल पार्वती यूकेको प्लमस्टिडमा परिवारसहित बसोबास गर्छिन् । परेकालगायत पीडितहरुलाई वर्षौंदेखि निरन्तर सहयोग गर्दै आइरहेकी छन् ।
तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा आमा टोलीले भाग लिने छ । अध्यक्ष गुरुङले दौडमा साथ दिन बेलायतवासीमा अनुरोध अनुरोधसमेत गरेकी छन् ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको अध्यक्ष गुरुङले बताइन् ।
यो प्रेरणादायी र सशक्त कार्यक्रममा तमुधीं यूके आमा समूह हरेक हरेक वर्ष सहभागी हुँदै आएको छ । रेस फर लाइफ कार्यक्रमको उद्देश्य क्यान्सरविरुद्धको लडाइँमा आवश्यक रकम संकलन गर्नु र जनचेतना फैलाउनु रहेको छ ।
सहयोगका लागि लिंक
https://fundraise.cancerresearchuk.org/page/parbatis-race-for-life?fbclid=IwY2xjawLcW8dleHRuA2FlbQIxMQBicmlkETBLZjVTOGtQTVlqR3gyZkZnAR4UMKkMqXFQDWc3Hq1EzA9032c27DDqxD2Fz9vqjaDM7jsD9KkbGeP9cW4_iw_aem_wbKQh4j2jJiOnLfKu3DESg


