अनेसास क्यानबेरा पुनर्गठनसँगै भानु जयन्ती सम्पन्न

SHARE:

– सुरेन उप्रेती
क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेरामा यही जुलाई ११ तारिख, शुक्रबारका दिन आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेराको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव प्रमुख अतिथि थिइन् । अनेसास क्यानबेराका उपाध्यक्ष महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय साहित्यकारहरूका साथै सिड्नीबाट पनि सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात प्रमुख अतिथिहरूद्वारा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गर्दै गरियो । भानु जयन्तीको अवसरमा समसामयिक तथा विविध विषयमा लेखिएका कविताहरू वाचन गरिनुका साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो ।

सिड्नीबाट आएका विशेष अतिथिहरू जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले आ–आफ्ना सिर्जना प्रस्तुत गर्दै कार्यक्रममा रंग भरेका थिए।

त्यस्तै, साहित्यकार भवानी घिमिरेकी नातिनी मानस्वी चापागाईंले हजुरबुबाद्वारा रचित कविता वाचन गरेकी थिइन्, जसले कार्यक्रममा उपस्थित सबैलाई उत्साहित बनायो। यस प्रस्तुतिले अष्ट्रेलियामा रहेका नेपाली मूलका युवाहरूलाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको रुचि अभिवृद्धि गराउने उद्देश्यमा टेवा पुर्‍याएको थियो।

प्रमुख अतिथि चित्रलेखा यादवले यस्ता कार्यक्रमहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण मात्र नभई नेपाली समुदायको मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नयाँ पुस्ताले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई आत्मसात् गर्नुपर्नेमा विशेष जोड दिइन् ।

क्यानबेरास्थित गङ्गाहलिनको द चिम्नी रेष्टुराँमा आयोजना गरिएको कार्यक्रममा करिब २० जना कविहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए। साँझ ५:३० बजे सुरु भएको कार्यक्रम राति ९:३० बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रमको अन्त्यमा महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा ११ सदस्यीय अनेसास क्यानबेराको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा पुनर्गठन गरिएको घोषणा पनि ग यो। संस्थापक अध्यक्ष शकुन्तला देवकोटाले नयाँ समितिको नामावली वाचन गरेकी थिइन् ।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ:

अध्यक्ष: महत्ता घिमिरे चापागाईं

उपाध्यक्ष: काशि भुसाल

महासचिव: गोमा उप्रेती

सचिव: आस्मा बुढाथोकी

कोषाध्यक्ष: कमला गिरी

सदस्यहरू: मनोज रेग्मी, शान्ति ढकाल, तुल्सा पाण्डे, बिक्रम शर्मा, प्रकाश सापकोटा, सबिना

नवगठित कार्यसमितिलाई विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा नेपाली राजदूतावासद्वारा बधाई तथा शुभकामना प्रदान गरियो।
समितिका अध्यक्ष महत्ता घिमिरे चापागाईंले सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा सबै संघ–संस्था तथा नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!