
लन्डन १३ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा अघि बढिरहेको छ । २०२५ जुलाई ११ सम्ममा ६८ हजार ६५१ सदस्यता आवेदन स्वीकृत भइसकेका छन् भने ५ हजार १९८ आवेदन स्वीकृतिको प्रक्रियामा रहेको एनआरएनएले जनाएको छ ।
गैरआवासीय नेपाली समुदायबाट प्राप्त तथ्यांकअनुसार, ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरू मार्फत सदस्यता संकलन भइरहेको छ । संघले स्मार्ट मोबाइल एप तथा एमआईएस प्रणाली प्रयोग गरी सदस्यता प्रक्रिया पारदर्शी र डिजिटल बनाएको जनाएको छ ।
- जापान – १८,३९३ सदस्य
- अष्ट्रेलिया – १५,५५१ सदस्य
- संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य
- बेलायत – ३,५०८ सदस्य
- साउदी अरेबिया – ३,१२७ सदस्य
- क्यानडा – ५,७५० सदस्य
- कतार – १,१२४ सदस्य
- आयरल्याण्ड – १,४०२ सदस्य
- संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य
क्षेत्रगत सदस्य संख्या (स्वीकृत)
- एशिया प्यासिफिक: १९,९११
- ओसियानिया: १६,५३६
- अमेरिकाज: १५,४२१
- युरोप: ९,८११
- मध्यपूर्व: ६,३५७
- अफ्रिका: ६१५
क्षेत्रगत सहभागिता (प्रतिशतमा)
- एशिया प्यासिफिक: २९.०%
- ओसियानिया: २४.१%
- अमेरिकाज: २२.५%
- युरोप: १४.३%
- मध्यपूर्व: ९.३%
- अफ्रिका: १%






