बद्री केसी समूहद्वारा एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन घोषणा

SHARE:


काठमाडौँ १३ जुलाई २०२५ । सर्वोच्च अदालतले आफूलाई मान्यता दिएको दाबी गर्दै डा. बद्री केसी नेतृत्वको समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र बनाएको जानकारी दिएको हो । संघका अनुसार हालसम्म ७२ हजार सदस्यता वितरण भइसकेको छ भने करिब पाँच हजार सदस्य स्वीकृत हुन बाँकी छन् ।

वर्तमान कार्यसमिति डा. बद्री केसीको अध्यक्षतामा विधानअनुसार क्रियाशील रहेको र सर्वोच्च अदालतले समेत वैधानिकता पुष्टि गरिसकेको दाबी गर्दै संघले आगामी अक्टोबरमा महाधिवेशन गर्न कुनै रोकावट नरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले १२औँ महाधिवेशनका लागि हालसम्म १५ वटा राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार महाधिवेशनका लागि निर्वाचन समिति, अनुगमन समिति र न्यायिक समिति समेत गठन भइसकेको छ ।

संघभित्रको एकतालाई मुख्य एजेन्डा बनाउँदै सबै पक्षका लागि ढोका खुला राखिएको स्पष्ट पार्दै अध्यक्ष केसीले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) देखि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सम्मको निर्वाचन प्रक्रियामा सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।

संघले हालसम्म चार करोड रुपैयाँभन्दा बढी परोपकारी र मानवीय कार्यमा खर्च गरेको जनाएको छ । बाढी, पहिरो, भूकम्प तथा आगलागी पीडितका लागि राहत, स्वास्थ्य क्षेत्रमा अक्सिजन प्लान्ट र ब्लड बस हस्तान्तरण, शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोगजस्ता कार्यहरू संघले गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीलाई सरकारले लगानी प्रवर्द्धन समिति र वैदेशिक रोजगार बोर्डको आमन्त्रित सदस्यमा नियुक्त गरेपछि संघ र सरकारबीचको सहकार्य अझ सुदृढ भएको संघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!