भरत श्रेष्ठ – बेलायत
आज मिति २०८२ असार २९ (१३ जुलाई २०२५) गते
कोभेन्ट्री, बेलायतमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा, बेलायतको आयोजनामा २१२ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्यकार तथा महासंघका अध्यक्ष आदरणीय भरतकुमार श्रेष्ठ ‘बिवश’ ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो l
कार्यक्रममा नेपाली बेलायत भ्रमणमा रहनुभएका सुप्रसिद्ध साहित्यकार राजेन्द्रकुमार शङ्ग्रौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने कार्यक्रमको संचालन महासंघका उप–सचिव तथा साहित्य अनुरागी श्री ललित परियारज्युले गर्नु भएको थियो। शुभकामना मन्तव्य महासंघकी सदस्य कला पोखरेलज्युले राख्नुभएको थियो।
महासंघका सचिव डा. प्रदीप लामिछानेज्युले आदिकवि भानुभक्त आचार्यको जीवन, कृतिहरूले नेपाली भाषामा पार्नुभएको प्रभाव र उहाँको सामाजिक योगदानबारे गहन विश्लेषण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कोभेन्ट्री नेपाली समाजका संस्थापक अध्यक्ष श्री सन्तोष पौडेल, संस्कृत अध्येता श्री विष्णुप्रसाद सापकोटा, तथा शिक्षिका श्रीमती ज्ञानु दाहलज्युले पनि भानु जयन्तीको ऐतिहासिक, भाषिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा साहित्यकार डॉ. टिकाराम भण्डारीज्युले आफ्ना गजलहरू वाचन गर्नुका साथै विशिष्ट साहित्यिक भावनाका साथ उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो। यसै क्रममा, महासंघका केन्द्रीय उपाध्यक्ष साहित्यकार विजय हितानद्वारा लिखित पुस्तक “मलाइ आर्यघाट लिएर नजलाउनु” शीर्षक कविता सङ्ग्रहको गहिरो समीक्षा डा. भण्डारीले प्रस्तुत गर्नुभएको थियो।
साहित्यिक प्रस्तुतीमा अलिना शङ्ग्रौला र सीता पौडेल ज्युले रमणीय छन्दमा केही स्लोकहरूको वाचन गर्नु भएको थियो भने किरण बेलबासे, मनोज आचार्य, र महासंघकी कोषाध्यक्ष श्रीमती कल्पना दाहालज्युले कविता वाचन प्रस्तुत गर्दै कार्यक्रमलाई थप साहित्यिक र भावनात्मक बनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार शङ्ग्रौलाज्युले विश्व नेपाली साहित्य महासंघ र कोभेन्ट्री सेंट्रल लाइब्रेरीका लागि आफूले लेखेका पुस्तकहरूसहित अन्य लेखकहरूले तयार पारेका कुल ९ वटा पुस्तकहरू हस्तान्तरण गर्नुभएको थियो। यस कार्यको उपस्थित सम्पूर्ण साहित्यिक समुदायले खुलेर प्रशंसा गरेका थिए र शङ्ग्रौलाज्युलाई तालिवद्ध स्वागत गरिएको थियो।
अन्त्यमा, मिडल्याण्ड बेलायतमा विश्व नेपाली साहित्य महासंघको सन्दर्भिकता, प्रवासमा नेपाली भाषाको महत्व र भानु जयन्तीको सांस्कृतिक गाम्भीर्यमाथि प्रकाश पार्दै अध्यक्ष
भरतकुमार श्रेष्ठ ‘बिवश’ ज्युले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रम समापनको घोषणा







