साहित्यकार खुपेन सुनुवारको कविता सङ्ग्रह ल्यान्डस्केपमा झुन्डिएको मौनता कृतिमाथि विचार, विमर्श र बहस कार्यक्रम सम्पन्न

SHARE:

केदार संकेत – बेलायत।

१० साउन, काठमाडौँ। साहित्यकार खुपेन सुनुवारको कविता सङ्ग्रह ल्यान्डस्केपमा झुन्डिएको मौनता प्रकाशनक अवसर पारेर आयोजित कृतिमाथिको विचार, विमर्श र बहस कार्यक्रम सम्पन्न भएको छ। वरिष्ट कवि, गीतकार तथानाटककार श्रवण मुकारुङ, भाषाविद तथा अध्ययन अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु र समालोचक तथा कवयित्री गीता त्रिपाठी वक्ता रहेको उक्त कार्यक्रममा सागर सुनुवारले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

शनिबार सुनुवार विद्यार्थी समाज, सङ्घीय समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष मनिसा सुनुवार र कार्यक्रमको सञ्चालन महासचिव मुस्कान सुनुवारले गरेकी थिइन्। कार्यक्रमको सुरुवातमा कवि, गीतकार तथा नेपाल सरकारको उपसचिव पदमा कार्यरत अमरदीप सुनुवारले कविता सङ्ग्रहको बारेमा प्रकाश पार्दै कवि खुपेन सुनुवारलाई शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमा उपस्थित वक्ता श्रवण मुकारुङले कविको कृतिमाथि विचार विमर्श गर्दै प्रवासी मूलबाट अत्यन्तै प्रभावशाली वैश्विक जीवन चेतना र बिम्ब प्रयोग भएको सशक्त कविता सङ्ग्रह प्रकाशनमा आएको बताए। साथै मानवीय संवेदनाको उपल्लो तहबाट बौद्धिक विलास गर्न रुचाउनेहरूका लागि नौलो खुराक भएको समेत जानकारी गराएका थिए।

अर्का वक्ता डा. लाल रापचा श्याँकारेलुले समग्रमा कविता सङ्ग्रह राम्रो भए तापनि लेखकले नेपाली समाजको मौलिक विषयवस्तु, बिम्ब र भाषालगायतको प्रयोगमा पनि ध्यान दिनुपर्नेबारे जोड दिएका थिए।

लेखकले कविता सङ्ग्रहलाई क्लोजअप, मोन्टाज, ल्यान्डस्केप र पोट्रेट गरी चार खण्डमा विभाजन गरेका छन्। क्लोजअप खण्डमा सोह्र, मोन्टाज खण्डमा उन्नाइस, ल्यान्डस्केप खण्डमा सत्र र पोट्रेट खण्डमा पन्ध्र गरी जम्मा सतसट्ठीवटा कविता सङ्ग्रहित छन्। त्यसैगरी कार्यक्रमका अर्का वक्ता डा. गीता त्रिपाठीले प्रतिकात्मक बिम्बहरूलाई विशिष्ट तवरले प्रयोग गर्नसक्ने युवा लेखकका रूपमा चित्रण गरिन्। साथै लेखकको कृतिमार्फत उहाँको महिला दृष्टिकोण कस्तो छ भन्नेबारे स्पष्ट हुन नसकेको समेत औँल्याएकी थिइन्।

कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट एक गुमनाम प्रेमिकाको गन्तव्य कविता वाचन गरे। त्यसैगरी कलाकार जेनी सुनुवारले पनि लेखकको कविता सङ्ग्रहबाट अन्तिम मृत्यु शिर्षकको कविता वाचन गरेर सुनाएकी थिइन्।

करिब चालिस जना हाराहारी उपस्थितिमाझ अनामनगरस्थित यूनियन हाउसमा आयोजित उक्त कार्यक्रममा साहित्यकार राजन मुकारुङ, गायक शिव मुखिया, कलाकार इँगिहोपो कोइँच सुनुवार, कवि मिथोच, कवि चन्द्रवीर तुम्बापो, कवि सोझो गाउँले, साहित्यकार तारादेवी सुनुवार, कवि तथा पत्रकार नवीन काजी राई, विशाल नाल्बो, रंगकर्मी विष्णु मोक्तान, गायक राजु तामाङ, संगीतकार ओमोस तामाङ, गायक दशराम सुनुवार, कवि प्रतापसिंह नाछिरिङ लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।

   

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!