अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ९ अगस्टमा साहित्यिक सम्मान तथा पुस्तक विमोचन समारोह

SHARE:

लन्डन २८ जुलाई २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाको आयोजनामा आगामी ९ अगष्ट २०२५ का दिन भव्य साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ।

प्लमस्टिडस्थित स्पाइस आइल्यान्डमा आयोजना हुने कार्यक्रममा २११औँ भानु जयन्ती, ९४औँ ईश्वर जयन्ती तथा सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार सम्मान समारोह २०२५ समेत सम्पन्न गरिने जनाइएको छ। उक्त विशेष अवसरमा साहित्यकार माया गुरुङद्वारा लिखित मुक्तकसंग्रह “यात्रा”को औपचारिक विमोचन कार्यक्रम समेत गरिने छ।

कार्यक्रम दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ र निःशुल्क पार्किङ सुविधा पनि उपलब्ध गराइनेछ।

नेपाली भाषा, साहित्य र संस्कृति प्रवर्द्धनमा क्रियाशील अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले यस किसिमका कार्यक्रमहरूमार्फत प्रवासी भूमिमा नेपाली साहित्यलाई थप मजबुत बनाउँदै लैजाने उद्देश्य राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!