गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता र गैरआवासीय नेपाली नागरिकताबारे अन्तरक्रिया हुँदै

SHARE:

लन्डन ३१ जुलाई २०२५ । गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता र गैरआवासीय नेपाली नागरिकताबारे अगस्ट ३ तारिखमा अन्तरक्रिया हुँदैछ ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवाली, एनआरएनए आईसीसी अध्यक्ष बद्री केसी र जीटुजीका प्रमुख वार्ताकार एवं प्रवक्ता मेरि जुदबहादुर गुरुङ प्रमुख वक्ता रहने गरी जानकारी तथा अन्तरक्रिया हुन लागेको हो । कार्यक्रम बेलायतको समयअनुसार बिहान ११ बजेदेखि हुने छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ‘कोअपरेसन एन्ड वेल्फेयर अफ गोर्खा टास्कफोर्स’का संयोजक ले.रिटायर्ड चन्द्रबहादुर गुरुङले गोर्खाको नागरिकता निरन्तरता र एनआरएनए नागरिकताबारे वास्तविकता बुझ्नका लागि कार्यक्रम राखिएको जनाउँदै सहभागी हुन अपिल गरेका छन् ।

‘आदरणीय गोर्खा दाज्युभाइ तथा दिदीबहिनीहरु, हालै नेपालको संघीय संसद् राज्यव्यवस्था तथा सुशासन समितिमा गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता र गैरआवासीय नेपाली नागरिकताबारे भएको छलफल र निर्णयप्रति केही अपुष्ट समाचारहरु आएकोले वास्तविकता के हो ? सबैले बुझौं भन्ने उद्देश्यका साथ ३ अगस्ट यूके समय बिहान ११ बजे जानकारी तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ,’ उनले भने, सबै उपस्थित भई आफ्नो जिज्ञासा राख्न निमन्त्रणा गर्दछौं।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!