अनेसास नेपाल च्याप्टरले शनिबार कवि सुवेदीको “चेतन–प्रवाहमा” कृति-शास्त्रार्थ समारोह आयोजना गर्ने

SHARE:

काठमाडौं १ अगस्ट २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि लालगोपाल सुवेदीद्वारा लिखित “चेतन–प्रवाहमा” काव्यकृतिको शास्त्रार्थ समारोह शनिबार १७ साउन (अगस्ट २)मा हुँदै छ ।

नेपाली साहित्यका विशिष्ट कवि तथा समालोचक अभि सुवेदीको उपस्थितिमा जुम मार्फत् कार्यक्रम हुन लागेको हो । नेपाली समय बेलुकी ८ बजे र अमेरिकाको समय बिहान १० बजे हुनेछ ।

कार्यक्रममा स्वनामधन्य विद्वान् तथा साहित्यप्रेमीहरूको समेत उपस्थिति रहने अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । उनले जुममार्फत उपस्थिति हुन निमन्त्रणासमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!