शनिवार ९ अगष्ट २०२५ – बेलायत। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले आयोजना गरेको २११ औं भानु जयन्ति र ९४ औं इश्वर जयन्तिको कार्यक्रममा अन्तराष्ट्रिय सुप्रमा-इप्रमा पुरस्कार सम्मान समरोह २०२५ र अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष तथा साहित्यकार माया गुरुङको मुक्तक संग्रह “यात्रा” को लोकार्पण भएको छ।
उक्त कायक्रम बेलायतको लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यमा बेलायतको पलमस्टिड शहरमा सम्पन्न भएको छ। सो कार्यक्रममा अनेसास बेलायत च्याप्टरका शुभचिन्तक स्वर्गीय डा. विरेन्द्र अमात्यको पनि स्मृति गरिएको छ।
कार्यक्रमको पहिलो चरणमा आसन ग्रहण, दीप प्रज्वलन र नेपाली राष्ट्रिय गीतद्वारा औपचारिक कार्यक्रम शरु भएको छ भने अनेसास बेलायत च्याप्टरका अध्यक्ष तथा साहित्यकार राज कुमार श्रेष्ठ र महामहिम घिमिरेले संयुक्त रुपमा दीप प्रज्वलन गरेका छन् ।
उक्त औपचारिक कार्यक्रममा अनेसास बेलायत च्याप्टरका पुर्व अध्यक्ष तथा साहित्यकार डा. रुपक श्रेष्ठले स्वागत मन्तब्य राख्दै अन्तराष्ट्रिय सुप्रमा-इप्रमा पुरस्कार सम्मान समरोह २०२५ को घोषणा गरेका छन्। यस वर्ष तथा २०२५ का लागि डा. श्रीधर खनालको उपन्यास “सावर्णी” लाई दिने घोषणा गरेका छन्।
उक्त पुरस्कार तथा सम्मान यस वर्षदेखि अन्तराष्ट्रियकरण भएको र यस वर्ष जम्मा ६२ वटा कृतिहरु यस पुरस्कार तथा सम्मानको लागि आवेदन परेकोमा १० कृतिहरु छनोटमा परेको र “सावर्णी” सर्वश्रेष्ठ कृति भएको डा. श्रेष्ठले अवगत गराएका छन्।
सो उपन्यास तथा कृतिमा आजको मानव, रोवर्ट, ए आइ र मंगलग्रहको कृष्णको वारेमा चित्रण गर्दै छनोट प्रकृयामा निर्णायक मण्डलमा अनेसास केन्द्रका सल्लाहकार तथा बेलायत च्याप्टरका पुर्व अध्यक्ष सुमलकुमार गुरुङ र साहित्य चौतारीका अध्यक्ष दुर्गा पोखरेल रहेको बताएका छन्।
कार्यक्रममा पुर्वबिबिसी नेपालीका वरिष्ठ पत्रकार तथा साहित्यकार खगेन्द्र नेपालीले स्वर्गीय इश्वर मानन्धरसंगको वारेमा अन्तरंग कुराकानी स्मरण गराएका थिए भने स्वर्गीय मन्नान्धरका पुत्र बिनोद र सविता मानन्धरले आयोजक अनेसास बेलायत च्याप्टरका अध्यक्ष तथा साहित्यकार राज कुमार श्रेष्ठ, प्रमुख अतिथि महामहिम घिमिरे र उपस्थित समपूर्णलाई हार्दिक धन्यवाद दिएका छन् भने अन्तराष्ट्रिय सुप्रमा-इप्रमा पुरस्कार सम्मान समरोह २०२५ द्वारा सम्मानित डा. श्रीधर खनाल र कृति पठाउनुहुने सम्पुर्णलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
दोस्रो चरणको कार्यक्रममा विगतमा सुप्रमा-इप्रमा पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित श्रष्टाहरु तथा साहित्यकारहरु प्रतिमा केसी, देवेन्द्र खेरेस, केदार शंकेट र माया गुरुङले पुरस्कृत तथा सम्मानित कृतिको कविता र मुक्तकहरु वाचन गरेका छन्।
सुप्रमा-इप्रमा पुरस्कारद्वारा सम्मानित श्रष्टाहरुको कृतिको कविता र मुक्तकहरु वाचनपछि साहित्यकार माया गुरुङको मुक्तक संग्रह “यात्रा” पुस्तकको अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरु र उपस्थित सम्पूर्ण साहित्यकारहरुद्वारा लोकार्पण गरिएको छ।
उक्त लोकार्पण कार्यक्रममा साहित्यकार माया गुरुङको परिचय वरिष्ठ साहित्यकार सुमल गुरुङले दिएका थिए भने मुक्तक संघ युकेका उपाध्यक्ष तथा साहित्यकार प्रतिमा केसीले संक्षिप्त समिक्षा गरेका छन्। लोकार्पण कार्यक्रमका श्रष्टा तथा साहित्यकार माया गुरुङ र उनका समाजसेवी श्रीमान तथा गैर आवासीय नेपाली संघ युकेका अन्तराष्ट्रिय समन्वय परिषदका (एनआरएनए आइसीसी) का सदस्य विनोद गुरुङलाई उपस्थित सम्पूर्णले सम्मान गरेका छन्।
उक्त चरणको कार्यक्रममा साहित्यकारहरु निलम कुमार पौडेल, फणिन्द्र भट्टराई, गङ्गा भण्डारी, दुत पुन (चिम्खोले काईला) जित बुधथिकी छन्त्याल, सारा गुरुङ, विसन थापा मगर, अहिल्या कुवर, दुर्गा ढकाल, मिन राना मगर, राज श्रेष्ठ, माया गुरुङलगायत धेरै साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गरेका छन्।
कार्यक्रमको अन्यमा प्रमुख अतिथि धिमिरेले बेलायतमा नेपाली साहित्यको जगेर्ना भएकोमा खुशी व्यक्त गर्दै नेपाली साहित्यलाई अंग्रजीमा अनुवाद गरेर अन्तराष्ट्रियकरण गर्न जरुरि रहेको बताएका छन्।
सभाध्यक्ष श्रेष्ठले महामहिम राजदूत तथा सम्पूर्ण नेपालीहरुको अविभावक अनेसास बेलायत च्याप्टरको कार्यक्रम भानु र इश्वर जयन्ति, डा. बिरेन्द्र अमात्य स्मृति सभा, अन्तराष्ट्रिय सुप्रमा- इप्रमा पुरस्कार तथा सम्मान कार्यक्रम, उपाध्यक्ष तथा साहित्यकार माया गुरुङको कृति “यात्रा” मुक्तक संग्रह लोकार्पण कार्यक्रममा उपथित भैदिनु भएकोमा उपस्थित साहित्यकारहरुको रचना वाचन सुन्न पाउदा र अन्तराष्ट्रिय सुप्रमा- इप्रमा पुरस्कार तथा सम्मान कार्यक्रमको धनराशी £५०१ भएको सुन्न पाउदा हर्षित भएको जानकारी दिदै कार्यक्रम समापन भएको छ।
अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे, श्रीमती सरिता घिमिरे, विशेष अतिथिहरु बिनोद मानन्धर, सबिना मानन्धर, खगेन्द्र नेपालीलगायत धेरै साहित्यकार तथा समाजसेवीहरु उपस्थित कार्यक्रम संस्थाका सचिब मंजु भण्डारी र मेडिया संयोजक कुमार केसीले संचालन गरेका छन्।
कार्यक्रममा टिपन तापन भोजनको ब्यावस्था अनेसास बेलायत च्याप्टरका आमा तथा साहित्यकार सारा गुरुङले गरेका छन् भने सोहि कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवीलगायत झन्डै ५ दर्जन साहित्यकारको उपस्थिति रहेको छ।







