भीम वीरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’ लाई युद्ध साहित्य पुरस्कार २०८२

SHARE:

लन्डन १९ अगस्ट २०२५। भीम वीरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’ लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन २०२५) प्रदान गरिने भएको छ। प्रत्येक तीन बर्ष भीत्र प्रकासीत भएका नेपाली युद्ध साहित्यका कृतिहरुमध्येबाट एक उत्कृस्ट कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गरिदै आएको कुरा युद्ध साहित्य पुरस्कार कोष वेलायतले जनाएको छ । युद्ध साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । युद्ध साहित्य पुरस्कार २०८२ यस बर्षको चैत्र महिनाभित्रमा नेपालमा एक भब्य कार्यक्रको आयोजना गरी प्रदान गरीने छ।

अन्तराष्ट्रिय परदेशी साहित्य समुहले प्रकासीत गरेको ‘बारुदले कोरेका अक्षरहरु’मा कवि भीम वीरही राईका जम्मा ३८ कविताहरु सङ्कलित छन् । यी कविताहरु मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहादा देखे–भोगेका युद्धका विभीषिकाहरु र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास,प्रेम, पीडा आशा, सङ्घर्ष र परिवारसंगको बिछोड आदि विषयमा लेखिएका छन् ।

राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९), र ‘दबिएका आवाजहरु ’ (कवितासंग्रह, २०६४) प्रकाशित छन् । भीम वीरही राई एक सेवा निवृत्त भारतीय गोर्खा सैनिक हुन् । उनी हाल अन्तराष्ट्रिय परदेशी साहित्य समुहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंगका केन्द्रीय सदस्य छन् ।

युद्ध साहित्य पुरस्कार २०७८ (सन २०२२) पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ लाई प्रदान गरिएको थियो। युद्ध साहित्यको अभियन्ताहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, संवद्धन र पर्वद्धन गर्ने उदेश्यले २०७८ (सन् २०२२) मा युद्ध साहित्य पुरस्कारको स्थापना गरेका हुन् ।

युद्ध साहित्यको अभियन्ताहरुले नेपाली युद्ध साहित्य सिद्धान्तको प्रताबना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरेका थिए ।उक्त कृतिमा नेपाली युद्ध साहित्यको परिभाषा र ब्याख्या गरिएको थियो। त्यसपछि सन् २०१४ मा ‘’युद्ध साहित्य सिद्धान्त र स्रिजनाहरु’’ प्रकासित गरि युद्ध साहित्यको थप ब्याख्या, बिबेचना र बिमर्श गर्दै युद्ध साहित्यको अभियानलाई थप सशक्त बनाइएको थियो। युद्ध साहित्यका अभियन्ताहरुले निरन्तर युद्ध साहित्य लेखीरहेका छन् र युद्ध साहित्यको संरक्षण, संवद्धन र पर्वद्धन गर्दै जाने जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!