– एटा सम्वाददाता
अल्डरसट । नेपालकी लोकगायिका तथा नयाँ पुस्ताकी चर्चित ठाडो भाका गायिका मञ्जु बिकको एक कार्यक्रमका बीच बिदाई गर्ने भएको छ ।

अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टको आयोजनामा आउँदो शुक्रबार बेलुकी अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टमा बिदाई गर्न लागिएको हो । कार्यक्रममा उपस्थित भइदिनका लागि बेलायतवासी संगीतप्रेमी नेपाली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा रेस्टुरेण्ट सञ्चालक शेर सुनारले अनुरोध गरेका छन् । लमजुङ समाज युकेको निमन्त्रणामा बेलायत आई हाल अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गाउँदै आएकी छन्
त्यस्तै, गायिका मञ्जु बिकले पनि बेलायतमा आपूmलाई निमन्त्रणा गर्ने लमजुङ समाज युके, गाउने अवसर प्रदान गर्ने विभिन्न संघसंस्था, आप्mनो गीत सुनिदिने दर्शक तथा श्रोता, शुभचिन्तक, मिडिया र सम्पूर्ण नेपाली संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई विशेष धन्यवाद दिदै बिदाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेकी छन् ।
स्मरण रहोस् उनी लमजुङ समाज युकेको निमन्त्रणामा केही महिना अघि बेलायत आएकी थिइन् । बेलायतका विभिन्न सहरहरुमा आप्mनो प्रस्तुति गरिसकेकी मञ्जु बिक नयाँ पुस्ताकी ठाडो भाकाकी गायिकाको रुपमा पनि त्यतिकै चर्चित छिन् भने लोक तथा दोहोरी र आधुनिक पप समेत सहजै गाउछिन् ।






