आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानद्वारा नौ वटा पुस्तक प्रकाशित

SHARE:

काठमाडौं २९ अगस्ट २०२५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचन प्रणालीले नभई राजनीतिक दल र तिनका नेताहरुको कार्यशैलीले अस्थिरता निम्त्याएको बताउनुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राजधानीमा शुक्रबार आयोजित पुस्तक लोकार्पण समारोहमा उहााले सो कुरा बताउनुभएको हो । राजनीतिक दलका नेताहरुको कार्यशैली, सत्ताकेन्द्रीत आचरणले गर्दा अस्थिरताको उत्पन्न भएको बताउादै मन्त्री गुरुङले त्यसको दोष निर्वाचन प्रणालीलाई दिनु उपयुक्त नहुने बताउनुभयो।

राज्यसञ्चालनमा सबैको सहभागिताको लागि समानुपातिक निर्वाचण प्रणाली अवलम्बन गरेको पनि मन्त्री गुरुङको भनाई रहेको छ । उहााले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्ने हुादा यसको पक्षमा जनमत सिर्जना गर्नु आवश्यक रहेको धारणा राख्नु भएको हो।

मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्ने हुादा यसको पक्षमा जनमत सिर्जना गर्नु गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री गुरुङका अनुसार पछिल्लो समय समावेशी र समानुपातिक प्रणालीलाई नेताले नै कमजोर बनाउन लागेको बताउादै त्यसको बचाउ गर्न सबै समुदाय एकजुट हुन जरुरी रहेको बताउनुभयो। ‘ कतिपय नेताकै बुझाइ के छ भने स्थायी सरकार नहुनुमा समावेशी प्रणाली बाधक हो भन्ने छ ।’ उहााले भन्नुभयो, ‘जुन तर्कसङ्गत छैन। समावेशी स्थिर सरकारको बाधक होइन, बरु नेताको कार्यशैलीमा सुधार ल्याउनु आवश्यक छ ।’

लामो समयको सर्ङ्गषपछि सङ्गीय शासन प्रणाली ल्याएको बताउादै राज्यको सरकार बनाउने कुरामा अझै पनि समावेशी प्रणाली लागु हुन नसकेको उहााले बताउनुभयो। निर्वाचन प्रणाली दोसी नभई नेताको नियत दोसी भएकाले जनमत निर्माणमा आदिबासीले साथ दिनुपर्नेमा उहााले सुझाव दिनुभयो।आदिवासी जनजातिको आन्दोलन सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रित भएको बताउादै उहााले अब राजनीतिक र आर्थिक गतिविधिमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो। मन्त्री गुरुङले सङ्गीयता आएपछि सीमान्तकृत समुदायले के कस्ता उपलब्धि हासिल गरे भन्ने विषयमा तथ्याङ्कगत अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो।

सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजाति प्रतिष्ठानले आदिवासीका विषयमा अध्ययन गर्ने मात्रै नभएर आदिवासीको हक हितलाई सुरक्षित राख्ने अभिन्न अङ्ग रहेको बताउनुभयो। उहााले पछिल्लो समय राज्यका नेतृत्वकर्ताबाटै पटक पटक प्रतिष्ठान आवश्यक छैन भन्दै आलोचना गर्नु आदिवासीको समस्याप्रति संवेदनशील नभएको प्रष्ट हुने बताउनुभयो।
‘आदिवासी जनजाति प्रतिष्ठानलाई अझै बलियो र प्रभावकारी बनाउनुपर्नेमा उल्टै हटाउनुपर्ने धारणा राख्नु आदिवास जनजातिप्रतिको असंवेदनशील बुझाइ हो ।’ उहााले भन्नुभयो। प्रतिष्ठान र आदिबासी जनजाति आयोगको कार्य क्षेत्राधिकार फरक रहेकाले प्रतिष्ठानसाग सिङ्गो आदिवासीको आशा र विश्वास जोडिएको उपाध्यक्ष गुरुङको भनाइ छ । प्रतिष्ठान स्वायत्त निकाय भएकाले आदिवासीको विषयमा स्वतन्त्रपूर्वक पैरवीको काम गर्न सकेको उहााले चर्चा गर्नुभयो । प्रतिष्ठान, आदिबासी आयोग र थारु आयोगको बजेट जोडेर वार्षिक १७ करोड मात्र राज्यको खर्च भइरहेको तर आदिवासीहरु मुलुकमा ३५ प्रतिशत रहेको उहााले स्मरण गराउनुभयो ।

सो अवसरमा प्रा. डा कृष्ण हाछेथुले प्रतिष्ठान आदिवासीको ज्ञान उत्पादन गर्ने संस्था भएकाले यसको आवश्यकता रहेको बताउनुभयो । आदिवासीको ज्ञानसागै आदिवासीको इतिहासको खोजी र लेखनको काम समेत प्रतिष्ठानले गर्नुपर्ने उहााले सुझाव दिनुभयो ।

डा. जनक राईले प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी ज्ञान कोष राम्रो दस्तावेज भएको बताउादै त्यसले आदिवासीको ज्ञान बृद्धि गर्न र अध्ययनकर्ताको सन्दर्भ सामग्रीमा सहयोग पुग्ने बताउनुभयो। प्रा.डा योगेन्द्र गुरुङ, प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्ऽ पुन लगायतले आदिवासी जनजातिको अवस्था र पहिचानबारे विश्लेषणात्मक विचार राख्नुभएको थियो।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित कृष्ण हातेक्षुले लेख्नुभएको नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग १, जाति तथा जाति समूह सम्बन्धी र भाषिक समुदाय सम्बन्धी नेपाल एटलस विमोचन गर्नुभएको थियो । सो नेपाल एटलस योगेन्द्र गुरुङ, शेरबहादुर गुरुङ, विद्या श्रेष्ठ र तारामणी राईले तयार गर्नुभएको हो ।

सोही समारोहमा गुरुङहरुको मृत्यु तथा अर्घु परम्परा सम्बन्धि सी पै छ्योए, थारु भाषाको पुस्तौनी, मगर स्थान नाम, मुगा भाषा र फाङ्दुवाली भाषाको वर्ण पहिचान सम्बन्धी पुस्तक र प्रतिष्ठानको मातृभाषासम्बन्धी प्रकाशन थुङको पनि विमोचन गरेको थियो । कार्यक्रममा प्रा.डा. कृष्ण हाछेथुं, प्रा.डा. योगेन्ऽ गुरुङ र प्रा.डा. जनक राईसमेतले प्रकाशित पुस्तकको समिक्षा गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!